ताजा अपडेट
हकप्रद दिएर चुक्ता पुँजी बढाउन लागेको दोस्रो बजारको ‘हटकेक’ पुनर्बीमा कम्पनीको सेयर मूल्य लगातार किन घट्यो?
नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो एक वर्ष एकछत्र दोस्रो बजारमा राज गरेको थियो। पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी परेको थियो।
नेपाल स्टकएक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको पुस मसान्तदेखि चालु वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो।
कम्पनीको एक वर्षमा ४९ अर्ब ८ करोड ८१ लाख ९२ हजार बराबरको ३ करोड ८ लाख ८ हजार ७८१ कित्ता सेयर कारोबार भएको थियो।एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ११०५ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। जसको बुधबार ११६४ रुपैयाँमा प्रत्तिकित्ता कारोबार भएको थियो।
१९ प्रतिशत लाभांशका लागि बुक क्लोजपछि कम्पनीको सेयर मूल्य लगातार बढिरहेको थियो। तर अहिले भने सेयर सेयर मूल्य घटिरहेको छ।
१ खर्ब ३५ अर्बको पुँजीकरण भइसकेको कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बीचमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजनसमेत भएको छ। नेप्सेले पुस १४ गते बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरी प्रतिकित्ता १ हजार १०४ दशमलब ७२ मूल्य तोकेको थियो। अहिले साधारणसभा पछि लाभांश सेयरधनीको खातामा आइसकेको थियो।
पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार सुरु भएको हो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९१ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जसमा ननलाइफको तर्फबाट ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो भने लाइफको तर्फबाट ९ करोड १६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी पनि १५६.९९ रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरीसमेत छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने नीतिसमेत लिएको छ।
नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया