Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जीवनसाथी खोजिदिनेछ ‘बिहेनेपाल’ एपले

जीवनसाथी खोजिदिनेछ  ‘बिहेनेपाल’ एपले

अन्तर्राष्ट्रिय बजारमा अनलाइन डेटिङ र मेट्रोमोनियल एप सञ्चालन भइसकेका बेला नेपालमा पनि ‘बिहेनेपाल’ एप बजारमा आएको छ । २७ वर्षीया श्रद्धा कटुवाल र २४ वर्षीया श्रेया कटुवाल दिदीबहिनी मिलेर बिहीबार रावा सफ्टवेयर कम्पनीबाट निर्मित ‘बिहेनेपाल’ एप सार्वजनिक गरे ।

गत कात्तिक १० मा यो एप परीक्षणका रूपमा सार्वजनिक गरिएको थियो । सार्वजनिक गरेसँगै प्रयोगकर्ता पनि इच्छुक देखिएपछि उनीहरूकै सुझावलाई आत्मासात् गर्दै सञ्चालनमा ल्याएको यो एपमा अहिलेसम्म ३ हजारभन्दा बढी प्रयोगकर्ता समावेश भइसकेको बताइएको छ । समाजमा दीर्घकालीन सम्बन्धको माग र अपेक्षाअनुसार नै ‘बिहेनेपाल’ बजारमा ल्याइएको उनीहरूको दाबी छ ।

एन्ड्रोइड र आईएसओ दुवै प्रयोगकर्ताले डाउनलोड गर्न सकिने यो एप जीवनसाथी खोजिरहेकालाई उपयुक्त हुने उनीहरू बताउँछन् । ‘हाम्रो समाजमा केटी हेर्न जाने चलन छ, कतिपय अवस्थामा त एकचोटि भेटेको भरमै हुन्छ भन्नुपर्ने अवस्था छ,’ श्रेयाले भनिन्, ‘नो भन्न नसक्ने अवस्था उस्तै छ ।’ यी यस्ता समस्यालाई समाधान गर्नकै लागि यो एप सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अभिभावकले पनि यो एपमार्फत आफ्ना छोराछोरीका लागि उपयुक्त जीवनसाथी खोजिदिन सक्नेछन् ।

आधिकारिक रूपमै जोडी मिलाउन यो एप बनेको उनीहरू बताउँछन् । अहिले खाना, यात्रा, सपिङलगायत विभिन्न विषय अनलाइनमार्फत पाउन थालिएकाले जीवनसाथीको खोजीमा रहेका नेपालीलाई सहज बनाउन र नयाँ ट्रेन्ड कायम गर्न एपको विकास गरिएको श्रेयाले जनाइन् । ‘यो एपमा गएपछि बिहे गर्नु नै पर्छ भन्ने बाध्यता छैन । एपमा गई पहिला साथी बन्ने, त्यसपछि डेट गर्ने अनि बिहे गर्न सकिन्छ,’ उनले भनिन्, ‘एप प्रयोगकर्ता साथी बन्न, डेट गर्न वा बिहेका लागि आउनुभएको भनेर छुट्टाछुट्टै विकल्प राखेका छौं ।’

श्रद्धाले न्युजिल्यान्डबाट सिभिल इन्जिनियरिङमा मास्टर्स गरेकी छन् । श्रेयाले नेपालमै सफ्टवेयर इन्जिनियरिङमा स्नातक सकाएकी हुन् । सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेकी श्रेयाले अध्ययनका बेला तीन जना साथीसँग मिलेर कलेजको प्रोजेक्ट सफ्टवेयर बनाउनुपर्ने थियो । सफ्टवेयर केसम्बन्धी बनाउने भनिरहँदा उनकी आमाले विवाह गर्ने जोडी मिलाउन वेबसाइट बनाउन सुझाइन् । त्यो बेला ‘मेरो जोडी’ नामक वेबसाइट बनाई कलेजको प्रोजेक्टसँगै उनले स्नातक पूरा गरिन् ।

न्युजिल्यान्डबाट फर्केपछि श्रद्धा भने आफैं केही गर्ने सोचमा थिइन् । सोहीअनुसार उनले रावा इन्जिनियरिङ एन्ड सफ्टवेयर कम्पनी सञ्चालन गरिन् । सफ्टवेयर र वेबसाइट निर्माण गरिसकेका उनीहरूले विवाहका समस्या देखे । आफूले सोचे जस्ता वरवधु नपाएको गुनासो गर्नेहरू पनि उत्तिकै भेटे । त्यसपछि कटुवाल दिदीबहिनीले कलेजमा प्रोजेक्टका लागि बनाएको मेरो जोडी नामक वेबसाइटलाई पुनर्संरचना गरे र बजारमा ल्याउने निधो गरे । विवाह गर्न चाहने जोडीलाई एकै ठाउँमा ल्याउने, मन मिल्ने र आफूले भने जस्तो मान्छे भेट्टाउने उद्देश्यसहित ‘बिहेनेपाल’ एप तयार गरे । सफ्टवेयरमा अध्ययन पूरा गरेकी श्रेयाले उक्त एप बनाएकी हुन् । ‘एप निर्माण भए पनि यसलाई हाम्रो समाजले कसरी लिन्छ भन्ने डर थियो । त्यसैले परीक्षणका लागि सार्वजनिक गर्‍यौं,’ श्रद्धाले भनिन्, ‘हामीले सार्वजनिक गरेसँगै एप डाउनलोड गर्नेको संख्या बिस्तारै बढ्दै गयो । त्यसैले अहिले आधिकारिक रूपमा लन्च गर्न सक्यौं ।’

एपमा १८ वर्षभन्दा माथिका उमेर समूह जोडिन सक्छन् । मागी विवाह गर्दा सानो क्षेत्रबाट जीवनसाथी छान्नुपर्ने हुँदा यो प्लाटफर्म उपयुक्त हुने कटुवाल दिदीबहिनी बताउँछन् । बिहेनेपालले ‘भीआईपी क्लब’ का लागि पनि रजिस्ट्रेसन सुरु गरिसकेको जनाएको छ । यो एप प्रयोगकर्ताकै मागअनुसार आफ्नो खोजलाई थप प्रभावकारी बनाउन ‘भीआईपी क्लब’ पनि छिट्टै सञ्चालनमा ल्याइने जनाइएको छ ।

अहिलेसम्म सफ्टवेयर डेभलप र कर्मचारीको तलब गरी ३० लाख रुपैयाँ खर्चिएको श्रद्धाले बताइन् । २०१९ मा इनकर्पोरेटेड प्रालि सुरु गर्दा इन्जिनियरिङ र सफ्टवयेरमा लाग्यौं । अहिले सफ्टवेयरमा मात्र केन्द्रित भएको उनले जनाइन् । प्रयोगकर्ताले ‘बिहेनेपाल’ एप डाउनलोड गरी फेसबुक वा गुगलमार्फत आफ्नो नाम र फोन नम्बरी राखी त्यहाँ राखिएको फर्म भरी लगइन गर्न सक्छन् ।

प्रतिक्रिया