ताजा अपडेट
नेपाली कांग्रेसले आज ६ जिल्लाको अधिवेशन गर्दै
नेपाली कांग्रेसको ६ जिल्लामा आज नेतृत्व चयनका अधिवेशन हुँदै छ। पर्सा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीमा आज अधिवेशन हुन लागेको हो।
आज संसद नभएका छ जिल्लामा अधिवेशन हुन लागेको र बाँकी अन्य १० जिल्लाको अधिवेशन यहि फागुन २० गतेसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए। रिजालका अनुसार बाँकी जिल्लाले कसैले १८ गते कसैले १९ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको पनि बताए।
१४ औं महाधिवेशन अन्तर्गत सिरहा, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाहीमा महाधिवेशन हुन बाँकी छ। यस्तै कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, सिन्धुपाल्चोकले महाधिवेशन गरेका छैनन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया