Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०९ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्ता गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रवार नै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिममा आफूहरु एमसीसी अनुमोदनको पक्षमा उभिने भन्दै केपी ओलीसँग कुनै सम्झौता नगर्न आग्रह गरेका थिए ।

देउवाले पार्टीको संस्थागत निर्णय मागेपछि शनिवार दिनभर दुवै नेताले आ आफ्नो पार्टीमा सल्लाह गरेका थिए । फेस सेभका लागि संसदबाट एकपक्षीय घोषणा गर्ने गरि एमसीसी पास गर्ने र गठबन्धन पनि जोगाउने सहमति शनिबारै भएको थियो ।

यद्यपी कांग्रेसले विश्वास नगरेका कारण दुवै दलले आइतबार बैठक राखेर निर्णय बुझाउने भनेपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको वार्ता अन्तिममा रोकिएको थियो ।

गठबन्धत भत्किँदा ठूलो क्षति हुने र आगामी तीनै तहका चुनाव एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि प्रचण्डर माधव नेपालले एमसीसी पास गर्ने समझदारी गरेका थिए । यद्यपी दुवै पार्टीमा चरम अशन्तुष्टि छ ।

साभारः नेपाल प्रेस

प्रतिक्रिया