ताजा अपडेट
बैद्यनाथमा भोली हुने शिवरात्री मेलाको तयारी पुरा

नेपाल चार धाम मध्येको एक बैद्यनाथमा भोली लाग्ने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुलाई सहजताका लागी आवश्यक तयारी पुरा भएको बैद्यनाथ क्षेत्र बिकास संस्थाका अध्यक्ष नेत्र कुँवरले जानकारी दिए ।

हरेक वर्ष मन्दिरमा शिबरात्री मेला लाग्ने गर्दछ । मेला हेर्नका लागी बाजुरा, डोटी कैलाली लगाएतका छिमेकि जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । पुजा गर्नका लागी महिला पुरुषको लागी अलग अलग लाईनको व्यवस्था गरिएको बैद्यनाथ क्षेत्र बिकास संस्थाका सदस्य सचिब देवराज उपाध्यायले बताए । मन्दिरमा पुजाआजा गरे मनोकाक्षा पुरा हुने धार्मिक बिश्वास रहि आएको छ ।

मन्दिरको नित्य पुजा बिहान ४ बजे हुने र बिहान ५ बजेदेखि भक्तजनहरुका लागी मन्दिर खुल्ला गरिने उपाध्यायले बताए । प्रगल्ला चढाउने कार्यक्रम साझ ५ बजेबाट सुरु गरिने समेत उनले बताए ।


सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया