Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

टिकटकमा अब १० मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने

टिकटकमा अब १० मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने

चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।

तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा उपलब्ध गराएको छ । टिकटकको यो निर्णयलाई लिएर विश्वभरका प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।

प्रविधि सम्बन्धी समाचार संस्था द भर्जसँग कुरा गर्दै टिकटकका प्रवक्ताले १० मिनेटसम्मको भिडियो राख्न मिल्नेबारे जानकारी गराएका छन् । यो फिचरको सुरुवात गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको उनले बताएका छन् । यो निर्णयले विश्वभरका क्रिएटरलाई थप रचनात्मक बन्न भूमिका खेल्ने अपेक्षा कम्पनीले लिएको उनले जनाए ।

टिकटकमा सुरुमा १५ सेकेन्डको भिडियो अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्ड हुँदै तीन मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने सुविधा थपिएको थियो । अन्य भिडियो सेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने रणनीतिले टिकटकले भिडियो अवधि थप गरेको जनाइएको छ ।

प्रतिक्रिया