ताजा अपडेट
निर्वाचनमा सार्वजनिक सम्पतिको प्रयोग र दुरुपयोग दुवै गर्न नपाइने
अगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले सार्वजनिक तथा सामुदायिक सम्पति प्रयोग, अतिक्रम र दुरुपयोग गर्न नपाउने भएका छन्।
निर्वाचन आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो।
राजनीतिक दल तथा उम्मेदवारहरुले कुनैपनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग, अतिक्रमण, दुरुपयोग वा क्षति पुर्याउन गरी कुनै कार्य गर्न\गराउन नपाउने आयोगले स्पष्ट भनेको छ। कुनै सार्वजनिक संस्था, निकाय वा सामुदायिक विद्यालय वा महाविद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन र जुनसुकै भौतिक साधन प्रयोग गर्न गराउन पूर्णतः रोक लगाउने ब्यवस्था गर्न गराउन आयोगले निर्देशन दिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया