Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

२५ सयनजिक आयो नेप्से, दुई महिनायताकै न्यून

२५ सयनजिक आयो नेप्से, दुई महिनायताकै न्यून

नेप्से परिसूचक एकोहोरो घट्न थालेसँगै दुई हजार पाँच सयको बिन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक एकै दिन ६३ दशमलव ५४ अंक (२ दशमलव ४३ प्रतिशत)ले घटेर दुई हजार पाँच सय ४७ दशमलव शून्य ४ बिन्दुमा आइपुगेको हो । यो करिब दुई महिनायताकै न्यून बिन्दु हो । यसअघि गत १४ पुसमा नेप्से परिसूचक दुई हजार पाँच सय २४ बिन्दुमा थियो । हाल नेप्सेले कायम गरेको बिन्दु त्यसयताकै न्यून हो । 

बुधबार धितोपत्र र ऋणपत्र गरि कारोबारमा आएका दुई सय २८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर खरिद–बिक्रीहुँदा तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्स्योरेन्स कम्पनी छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफापछि आठ वर्षयताकै कम लाभांश घोषणा गरेको छ । यहीकारण, कम्पनीको मूल्यसमेत ४ दशमलव ६० प्रतिशतले घटेको छ । 

त्यस्तै, नेपाल टेलिकमको पनि सेयर किचेबच बढिरहेको छ । बुधबार कम्पनीको १४ करोड १९ लाख रुपैयाँको कारोबार भएर दोस्रो ठूलो कारोबार हुने कम्पनीमा दरिएको छ । लाभांश हल्लाले कम्पनीको मूल्य बढिरहेको हो ।  कारोबारमा आएका १३ वटा समूह सूचकमा सबैभन्दा धेरै फाइनान्स समूह, विकास बैंक, उत्पादमूलक, जलविद्युत् समूह, जीवन बिमा, लगानीगत समूहको सूचक तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया