ताजा अपडेट
२५ सयनजिक आयो नेप्से, दुई महिनायताकै न्यून
नेप्से परिसूचक एकोहोरो घट्न थालेसँगै दुई हजार पाँच सयको बिन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक एकै दिन ६३ दशमलव ५४ अंक (२ दशमलव ४३ प्रतिशत)ले घटेर दुई हजार पाँच सय ४७ दशमलव शून्य ४ बिन्दुमा आइपुगेको हो । यो करिब दुई महिनायताकै न्यून बिन्दु हो । यसअघि गत १४ पुसमा नेप्से परिसूचक दुई हजार पाँच सय २४ बिन्दुमा थियो । हाल नेप्सेले कायम गरेको बिन्दु त्यसयताकै न्यून हो ।
बुधबार धितोपत्र र ऋणपत्र गरि कारोबारमा आएका दुई सय २८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर खरिद–बिक्रीहुँदा तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्स्योरेन्स कम्पनी छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफापछि आठ वर्षयताकै कम लाभांश घोषणा गरेको छ । यहीकारण, कम्पनीको मूल्यसमेत ४ दशमलव ६० प्रतिशतले घटेको छ ।
त्यस्तै, नेपाल टेलिकमको पनि सेयर किचेबच बढिरहेको छ । बुधबार कम्पनीको १४ करोड १९ लाख रुपैयाँको कारोबार भएर दोस्रो ठूलो कारोबार हुने कम्पनीमा दरिएको छ । लाभांश हल्लाले कम्पनीको मूल्य बढिरहेको हो । कारोबारमा आएका १३ वटा समूह सूचकमा सबैभन्दा धेरै फाइनान्स समूह, विकास बैंक, उत्पादमूलक, जलविद्युत् समूह, जीवन बिमा, लगानीगत समूहको सूचक तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया