ताजा अपडेट
नेपाली कांग्रेसको महासमिति सदस्यमा युवा नेता ताम्राकार निर्विरोध निर्वाचित
नेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकार नेपाली कांग्रेसको महासमिति सदस्यमा अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्विरोध निर्वाचित भएका छन् । नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली कांग्रेस पार्टीमा इच्छुक राख्दै आप्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
२०४६ सालमा नेबि संघ इकाइ सभापति रहेका नेता ताम्राकारले २०५३ सालमा किसान संघको सचिव पद निकै जिम्मेवारी पुर्वक निर्वाह गर्नुभएको थियो । अछाममा समाजको हक हितका लागि आफ्नो जीवनमा सम्र्पण गर्दै आउनु भएका ताम्राकार २०५६ र २०६० सालमा दुई कार्यकाल दलित संघ अछामको अध्यक्ष हुँदै २०६६ साल मा नेपाल दलित संघको केन्द्रीय सदस्य हुनु भएको थियो ।
देशमा गणतन्त्र लोकतन्त्र ल्याउनका लागि २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा ताम्राकारले अछामको कारागार बसेर निकै यातना भोग्नु भएको थियो । उहाँ २०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य रहुन भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया