Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दुवै महामन्त्रीले भने : कांग्रेसमा भागबण्डाको राजनीति सकियो

दुवै महामन्त्रीले भने : कांग्रेसमा भागबण्डाको राजनीति सकियो

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् ।

उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी एकढिक्का भएको र आगामी निर्वाचनका लागि कटिवद्ध हुनुले पार्टी एकजुट भएको सन्देश प्रवाह गरेको धारणा राखे ।

महामन्त्री थापाले महाधिवेशनपछि पार्टीलाई शत प्रतिशत विधिसंगत तरिकाले सञ्चालन गर्ने प्रयास भइहेको बताए । महाधिवेशनमा प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको र त्यसपछि पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्न सबै एक ठाउँमा भएको उनले दावी गरे । ‘पार्टीमा सभापतिको हातलाई बलियो बनाउनुपर्छ । भागवण्डा हिजो जे चल्दै आयो त्यसलाई बन्द गराउनुपर्छ भनेर नै हामी एक ठाउँमा उभिएका छौं’ उनले भने ।

अर्का महामन्त्री शर्माले पार्टी सम्पूर्ण रुपमा एकतावद्ध रहेको दाबी गरे । ‘कसले कसलाई मत दियो दोस्रो कुरा हो । तर कांग्रेस पार्टी एक ठाउँमा छ । निर्वाचन जित्ने सवालमा एक ठाउँमा छ’ शर्माले भने ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ नजिक बहुमत भए पनि एमसीसी पारित गर्न नसकेको भन्दै महामन्त्री शर्माले जनताको भरोसा कांग्रेसतिर रहेकाले अहिले पारित भएको दावी गरे ।

भ्रातृ तथा शुभेच्छुक संस्थामा भागवण्डा र गुटबन्दीको राजनीति नगर्न उनले सुझाए । भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन विधानमा एकरुपता ल्याउन लागिएको महामन्त्री थापाले बताए ।

उनले भ्रातृ संस्थालाई स्वायत्त बनाउनुपर्ने भन्दै गुटबन्दी नगर्न पनि सुझाव दिए । ‘निजामति कर्मचारीको अधिवेशनमा गुटबन्दी गर्न आउनेलाई ढोका बन्द गरिदिनुस्’ उनले भने, ‘सबै भ्रातृ संस्थालाई गुटबन्दी मुक्त बनाउन चाहिरहेका छौं । निजामति कर्मचारी युनियनलाई त झनै गुटबन्दी मुक्त बनाउन चाहन्छौं ।’

कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएका कारण अहिले कांग्रेसले मुलुक सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरे । ‘हामीले सम्हाल्नुपर्नेछ ,सम्हाल्छौं । योपटक सानदार ढंगले जितेर पाँच वर्ष सरकार पनि चलाउँछौं’ उनले भने ।

नेकपा एमालेले यसरी नै संसद अवरुद्ध गरिरह्यो भने शीघ्र निर्वाचनको विकल्प खुला रहेको पनि थापले बताए । उनले भने, ‘यस्तै गरिरहने भने सोच्नुपर्ने हुन सक्छ । त्यो बेला चुनाव अगाडि पनि हुनसक्छ ।’

संसद अवरोध नहटे पनि संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक पास गर्ने थापाले बताए । निजामती कर्मचारीको मनोभावना अनुसार नै संघीय निजामति ऐन बन्ने महामन्त्री शर्माले बताए । ‘ट्रेड युनियन अधिकारसहितको संघीय निजामती ऐन बनाउन पार्टी कटिवद्ध छ । सरकारलाई घचघच्याउँछौं’ शर्माले भने ।

प्रतिक्रिया