Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

दुवै महामन्त्रीले भने : कांग्रेसमा भागबण्डाको राजनीति सकियो

दुवै महामन्त्रीले भने : कांग्रेसमा भागबण्डाको राजनीति सकियो

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् ।

उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी एकढिक्का भएको र आगामी निर्वाचनका लागि कटिवद्ध हुनुले पार्टी एकजुट भएको सन्देश प्रवाह गरेको धारणा राखे ।

महामन्त्री थापाले महाधिवेशनपछि पार्टीलाई शत प्रतिशत विधिसंगत तरिकाले सञ्चालन गर्ने प्रयास भइहेको बताए । महाधिवेशनमा प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको र त्यसपछि पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्न सबै एक ठाउँमा भएको उनले दावी गरे । ‘पार्टीमा सभापतिको हातलाई बलियो बनाउनुपर्छ । भागवण्डा हिजो जे चल्दै आयो त्यसलाई बन्द गराउनुपर्छ भनेर नै हामी एक ठाउँमा उभिएका छौं’ उनले भने ।

अर्का महामन्त्री शर्माले पार्टी सम्पूर्ण रुपमा एकतावद्ध रहेको दाबी गरे । ‘कसले कसलाई मत दियो दोस्रो कुरा हो । तर कांग्रेस पार्टी एक ठाउँमा छ । निर्वाचन जित्ने सवालमा एक ठाउँमा छ’ शर्माले भने ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ नजिक बहुमत भए पनि एमसीसी पारित गर्न नसकेको भन्दै महामन्त्री शर्माले जनताको भरोसा कांग्रेसतिर रहेकाले अहिले पारित भएको दावी गरे ।

भ्रातृ तथा शुभेच्छुक संस्थामा भागवण्डा र गुटबन्दीको राजनीति नगर्न उनले सुझाए । भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन विधानमा एकरुपता ल्याउन लागिएको महामन्त्री थापाले बताए ।

उनले भ्रातृ संस्थालाई स्वायत्त बनाउनुपर्ने भन्दै गुटबन्दी नगर्न पनि सुझाव दिए । ‘निजामति कर्मचारीको अधिवेशनमा गुटबन्दी गर्न आउनेलाई ढोका बन्द गरिदिनुस्’ उनले भने, ‘सबै भ्रातृ संस्थालाई गुटबन्दी मुक्त बनाउन चाहिरहेका छौं । निजामति कर्मचारी युनियनलाई त झनै गुटबन्दी मुक्त बनाउन चाहन्छौं ।’

कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएका कारण अहिले कांग्रेसले मुलुक सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरे । ‘हामीले सम्हाल्नुपर्नेछ ,सम्हाल्छौं । योपटक सानदार ढंगले जितेर पाँच वर्ष सरकार पनि चलाउँछौं’ उनले भने ।

नेकपा एमालेले यसरी नै संसद अवरुद्ध गरिरह्यो भने शीघ्र निर्वाचनको विकल्प खुला रहेको पनि थापले बताए । उनले भने, ‘यस्तै गरिरहने भने सोच्नुपर्ने हुन सक्छ । त्यो बेला चुनाव अगाडि पनि हुनसक्छ ।’

संसद अवरोध नहटे पनि संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक पास गर्ने थापाले बताए । निजामती कर्मचारीको मनोभावना अनुसार नै संघीय निजामति ऐन बन्ने महामन्त्री शर्माले बताए । ‘ट्रेड युनियन अधिकारसहितको संघीय निजामती ऐन बनाउन पार्टी कटिवद्ध छ । सरकारलाई घचघच्याउँछौं’ शर्माले भने ।

प्रतिक्रिया