ताजा अपडेट
काङ्ग्रेस अछामको सभापतिमा शाह विजयी
नेपाली काङ्ग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह , भरत कुमार स्वार र राजन कुँवरले मध्य कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । स्वार र शाह संस्थापन पक्षका हुन भने कुँवर संस्थापन इतरका हुन ।
दोस्रो चरणमा खसेको १४ सय ९३ मतमा शाहले ७ सय ७९ ल्याएर सभापतिमा विजयी भए भने निकटतम प्रतिद्वन्द्वी स्वारले ७ सय ११ मत ल्याए । जिल्ला कार्यसमिति , महासमिति सदस्यको मत गणना पनि सोमबार राति नै हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया