ताजा अपडेट
नेप्से परिसूचक ५२ अंक बढ्यो
बिहीबार सेयर बजारको परिसूचक नेप्से ५२.३१ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २ हजार ५६६ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३० अंकले घटेको थियो । कारोबार रकम २ अर्ब ७९ करोड १८ लाखमा सीमित रह्यो ।
सबै उपसमूह बढेका छन् । बैंकिङ १६, ब्यापार ६०, होटल तथा पर्यटन ४२, विकास बैंक २०२, जलविद्युत् १२४, फाइनान्स १०२, निर्जीवन बीमा २४८, उत्पादन १२७, अन्य ०. ८६, माइक्राेफाइनान्स ९७ र जीवन बीमा उपसमूह ३७२ अंक बढे ।
इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढ्यो । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ ५० पैसा कायम भएको छ । कर्णाली विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, प्रोग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टरको मूल्य ८ प्रतिशत धेरै बढ्यो । माउनटेन इनर्जीको मूल्य ३ प्रतिशतले घट्यो ।
कारोबारका आधारमा अपी पावर, टेलिकम, एनआईसी एसिया बैंक, अरुणभ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया