Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

बोटलर्स नेपालका उच्च व्यवस्थापकहरू ‘अर्ध-भूमिगत’

बोटलर्स नेपालका उच्च व्यवस्थापकहरू ‘अर्ध-भूमिगत’

बहुराष्ट्रिय पेय कोकाकोलाको नेपाल बोटलिङ प्लान्ट, बोटलर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचमा राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि कम्पनीका उच्च व्यवस्थापकहरू ‘अर्ध-भूमिगत’ भएका छन् ।

स्रोतका अनुसार विभागले मुद्दा दायर गर्ने सूचना चुहिएपछि अघिल्लो बुधबारबाटै कम्पनीका प्रबन्ध सञ्चालक प्रदीप पाण्डे, वित्त निर्देशक राजीव टण्डन, वित्त नियन्त्रक अशोक मण्डलसहितका उच्च व्यवस्थापकहरू सम्पर्कविहीन भएका हुन् ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले अघिल्लो बिहीबार भरतपुरमा आयोजना गरेको पिकनिकमा काठमाडौंबाट कोही पनि उच्च व्यवस्थापक नगएदेखि नै ‘केही समस्या भएको’ बुझेका कम्पनीका मजदुरहरूले शुक्रबार भने उनीहरू सम्पर्कविहीन भएको थाह पाएका हुन् ।

“हामीले सबै प्रमुख व्यवस्थापकहरूको मोबाइल र निवासमा सम्पर्क गर्‍यौ‌ । पाण्डे सर पारिवारिक कामले भारत जानु भएकोमा यूपीको चुनावले उतै रोकिनु भएको भन्नेमात्र बताए । मण्डल सर र अरुका बारेमा केही जानकारी पाउन सकेनौं,” शुक्रबार राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेसँगै सम्पर्कमा आएका एक ट्रेड युनियनका पदाधिकारीले भने ।

बोटलर्स नेपालसँग नजिकको सम्बन्ध रहेका एक कानुन व्यवसायीले भने कानुन व्यवसायीहरूसँगको सल्लाहमै कम्पनीका उच्च व्यवस्थापकहरू ‘सम्पर्कविहीन’ भएको बताए । “अदालतमा फरार भनेर मुद्दा दायर भएको हामीले बुझेका छौं । अब अदालतले प्रक्रिया पूरा गरेर म्याद तामेली गर्छ, अवस्थाअनुकूल भएपछि उहाँहरू अदालतमा हाजिर हुनुहुन्छ,” उनले भने ।

उनका अनुसार पब्लिक लिमिटेड कम्पनी भएको र फौज्दारी अभियोगमा मुद्दा दायर भएपछि कम्पनीका उच्च व्यवस्थापन स्वतः निलम्बनसरह हुन्छ । 
स्मरण रहोस्, २०७७ मंसिरमा राजस्व अनुसन्धान विभागले कम्पनीमा छापा मारेसँगै कम्पनीका व्यवस्थापकहरूले लेखा/वित्त शाखासहित मुख्य शाखाका कागज बोरामा हालेर रातारात जलाउने काम गरेका थिए । यस विषयमा जानकारी प्राप्त हुनासाथ विभागले प्रबन्ध निर्देशक पाण्डे र वित्त नियन्त्रक मण्डललाई बोलाइ मौखिम रुपमा कुनै पनि दस्तावेज नजलाउन/नचलाउन निर्देशन दिएको एक विभागकाा अधिकारीले दिए ।

विभागले बोटलर्स नेपालले बोटलर्स नेपालको स्वामित्व किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रूपैयाँ बिगोको सतप्रतिशत जरिवानासमेत कायम गरी ३ अर्ब ४३ करोड ६३ लाख रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । 

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसियाको सतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा कोकाकोला साब्कोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो। यो कोकाकोलाको मुख्य प्यारेन्ट कम्पनी -द कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुपको अफसोर कम्पनी हो ।

गुत्से परिवारबाट स्वामित्व किनबेच हुनेवित्तीकै गरेको इमेल पत्राचारमा बोटलिङ इन्भेस्टमेन्ट ग्रुपले नै स्वामित्व किनेको प्रमाण टक्सार म्यागजिनले प्रकासित गरेको छ ।

प्रतिक्रिया