Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ब्याजदर नबढ्ने भएपछि नेप्सेले एकैदिनमा बनायो सेन्चुरी

ब्याजदर नबढ्ने भएपछि नेप्सेले एकैदिनमा बनायो सेन्चुरी

धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा तेहेरो अंकको बढोत्तरीका साथ हरियाली छाएको छ। 

बजार आज १०१.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६७.९७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.३७ अंकको बढोत्तरीका साथ ५०९.९० को विन्दुमा पुगेको छ। आज पौने ५ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ। 

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की ब्याजदर नबढ्ने निश्चित भएपछि लगानीकर्ता बजारमा सक्रिय भएको बताउँछन्। आधारभूत रुपमा ब्याजदर नबढ्ने र प्राविधिक रुपमा बजार न्यून भोलुम बनाएकोले बजारमा आज गतिलो बाउन्स आएको कार्कीको भनाइ छ। ‘अब विस्तारै विकास खर्च तथा चुनावी खर्च बढ्ने र तरलता सहज हुने हुँदा बजार सामान्य करेक्सन हुँदै माथि नै जाने देखिन्छ’, उनले भने।  

अहिले बजारमा ऋण लिएर लगानी गर्नेहरुको संख्या कम रहेकोले चैतको ब्याजको प्रभाव कमै पर्ने कार्कीको बुझाइ छ।  

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार आज बजार बढ्नुको मुख्य कारण ब्याजदर नबढ्ने निश्चित हुनु नै हो। ‘आजको बढाइले बजार घट्न रोकिएको भन्ने बुझिन्छ’, उनले भने, ‘किनकि विगतमा घाटा खाएर सेयर बेच्न नचाहँदा भोलुम घटेको छ। आज सूचकसँगै भोलुम पनि बढेकोले लगानीकर्ताको मनोबल बलियो बनेको प्रस्ट हुन्छ।’ 

लम्सालले भने, ‘सरकारले विकास खर्च बढाउँदै जाँदा र चुनावी महौल तात्तिँदा तरलता सहज हुने हुँदा बजार माथि नै जाने देखिन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ।  

यो दिन जीवन बीमा समूह सर्वाधिक ६.९४ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ५.३७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ३.२९ प्रतिशत, व्यापार समूहमा ४.२८ प्रतिशत, विकास बैंक समूहमा ४.७४ प्रतिशत, जलविद्युत समूहमा २.४२ प्रतिशत, वित्त समूहमा ५.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.०२ प्रतिशत, अन्य समूहमा ३.८४ प्रतिशत, लघुवित्त समूहमा ३.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०७ प्रतिशत र लगानी समूहमा ४.४९ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु 

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ९० हजार २२ हजार ८९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ३४ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ३० करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईसीएफसी फाइनान्सको २१ करोड ३१ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ९३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९१ लाख रुपैयाँ, एचआईडीसीएलको ८ करोड १३ लाख रुपैयाँ, निफ्राको ७ करोड ९४ लाख रुपैयाँ र पाँचथर पावर कम्पनीको ७ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। एसिया लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन मञ्जुश्री फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतले बढेको छ। 

आज अपी पावर कम्पनीका सेयरधनीहरु धेरै गुमाए। यो कम्पनीको सेयरभाउ १ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया