Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्थानीय चुनावमा खोसिन सक्छ राप्रपा नेपालको ‘तीर’ : चुनाव चिन्ह विवाद

स्थानीय चुनावमा खोसिन सक्छ राप्रपा नेपालको ‘तीर’ : चुनाव चिन्ह विवाद

कमल थापा नेतृत्वको राप्रपा नेपालले आज आफ्नो पार्टीको चुनाव चिन्ह भन्दै ‘तीर’ सार्वजनिक गर्यो । आज आयोजित जिल्ला अध्यक्षहरुसँगको भर्चुअल वैठकमा अध्यक्ष कमल थापाले आयोगले आफूहरुलाई सो चुनावचिन्ह दिएको बताएका थिए ।

कानूनतः राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुले चुनाव प्रयोजनका लागि सग्लो चुनावचिन्ह पाउँदैनन् । उनीहरुले जिल्लागतरुपमा निर्वाचन आयोगमा बेग्लाबेग्लै दावी पेश गरेर छनोट गर्नुपर्ने प्रावधान छ । यही विषयमा असन्तुष्टि राखेर साना दलहरु आन्दोलित समेत छन् ? त्यसोभए राप्रपा नेपालले तीर चुनाव चिन्ह कसरी पायो त ?

निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि राप्रपा नेपाललाई चुनावचिन्ह नदिएको प्रष्ट पारेको छ ।राजनीतिक दल दर्ता प्रयोजनका लागि मात्र राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ उपलब्ध गराइएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘निर्वाचन चिन्ह दुईवटा प्रयोजनका लागि दिइन्छ । पहिलो राजनीतिक दल दर्ता गर्दाका लागि । अर्को निर्वाचन प्रयोजनका लागि । अहिले राप्रपा नेपाललाई दिइएको भनेको दल दर्ता प्रयोजनका लागि मात्र हो । निर्वाचन प्रयोजनका लागि होइन ।’

थपलियाका अनुसार राप्रपा नेपालले गाई, गोरु, साँढे, लगायतका चिन्हलाई प्राथमिकतामा राखेर दावी पेश गरेको थियो । तर, ती चिन्ह अरुसँग जुधेकाले अन्तिम विकल्पमा राखेको चीर चिन्ह दिइएको प्रमुख आयुक्त थपलियाले बताए ।

उनले भने, ‘राष्ट्रिय पार्टी बाहेकका साना दललाई स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउँदा हामीले तीन वटा निर्वाचन चिन्ह प्रस्ताव गर्न भनेको छाैँ । तीमध्ये कुनै एउटा निर्वाचन चिन्ह पार्टीले पाउने हो । त्यसअनुसार राप्रपाले तत्कालका लागि तीर चिन्ह पाएको छ ।’

तर, अब निर्वाचन प्रयोजनका लागि चुनाव चिन्ह वितरण गर्दा राप्रपा नेपालको ‘तीर’ खोसिन सक्छ । यदि अरु पार्टीले पनि ‘तीर’ चिन्ह प्रस्ताव गरे भने पार्टीको वर्णानुक्रम अनुसार जुन अगाडि छ, उसले त्यो चिन्ह पाउने छ ।

कुनै जिल्लामा जिल्लामा तीर पाएर अरु जिल्लामा नपाउने पनि हुन सक्छ । स्थानीय तहको निर्वाच्न सम्वन्धी ऐन, तथा नियमावली २०७३ अनुसार आयोगले चुनाव चिन्ह उपलब्ध गराउने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागि हुने राष्ट्रिय दल बाहेक अन्य दललाई भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि कुन निर्वाचन चिन्ह उपलब्ध गराउने भन्ने निर्णय भइनसकेको आयोगले जनाएको छ । यस बारेमा आयोगमा छलफल चलिरहेको आयोगका प्रमुख आयुक्त थपलियाले बताए ।

प्रतिक्रिया