Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्थानीय चुनावमा खोसिन सक्छ राप्रपा नेपालको ‘तीर’ : चुनाव चिन्ह विवाद

स्थानीय चुनावमा खोसिन सक्छ राप्रपा नेपालको ‘तीर’ : चुनाव चिन्ह विवाद

कमल थापा नेतृत्वको राप्रपा नेपालले आज आफ्नो पार्टीको चुनाव चिन्ह भन्दै ‘तीर’ सार्वजनिक गर्यो । आज आयोजित जिल्ला अध्यक्षहरुसँगको भर्चुअल वैठकमा अध्यक्ष कमल थापाले आयोगले आफूहरुलाई सो चुनावचिन्ह दिएको बताएका थिए ।

कानूनतः राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुले चुनाव प्रयोजनका लागि सग्लो चुनावचिन्ह पाउँदैनन् । उनीहरुले जिल्लागतरुपमा निर्वाचन आयोगमा बेग्लाबेग्लै दावी पेश गरेर छनोट गर्नुपर्ने प्रावधान छ । यही विषयमा असन्तुष्टि राखेर साना दलहरु आन्दोलित समेत छन् ? त्यसोभए राप्रपा नेपालले तीर चुनाव चिन्ह कसरी पायो त ?

निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि राप्रपा नेपाललाई चुनावचिन्ह नदिएको प्रष्ट पारेको छ ।राजनीतिक दल दर्ता प्रयोजनका लागि मात्र राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ उपलब्ध गराइएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘निर्वाचन चिन्ह दुईवटा प्रयोजनका लागि दिइन्छ । पहिलो राजनीतिक दल दर्ता गर्दाका लागि । अर्को निर्वाचन प्रयोजनका लागि । अहिले राप्रपा नेपाललाई दिइएको भनेको दल दर्ता प्रयोजनका लागि मात्र हो । निर्वाचन प्रयोजनका लागि होइन ।’

थपलियाका अनुसार राप्रपा नेपालले गाई, गोरु, साँढे, लगायतका चिन्हलाई प्राथमिकतामा राखेर दावी पेश गरेको थियो । तर, ती चिन्ह अरुसँग जुधेकाले अन्तिम विकल्पमा राखेको चीर चिन्ह दिइएको प्रमुख आयुक्त थपलियाले बताए ।

उनले भने, ‘राष्ट्रिय पार्टी बाहेकका साना दललाई स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउँदा हामीले तीन वटा निर्वाचन चिन्ह प्रस्ताव गर्न भनेको छाैँ । तीमध्ये कुनै एउटा निर्वाचन चिन्ह पार्टीले पाउने हो । त्यसअनुसार राप्रपाले तत्कालका लागि तीर चिन्ह पाएको छ ।’

तर, अब निर्वाचन प्रयोजनका लागि चुनाव चिन्ह वितरण गर्दा राप्रपा नेपालको ‘तीर’ खोसिन सक्छ । यदि अरु पार्टीले पनि ‘तीर’ चिन्ह प्रस्ताव गरे भने पार्टीको वर्णानुक्रम अनुसार जुन अगाडि छ, उसले त्यो चिन्ह पाउने छ ।

कुनै जिल्लामा जिल्लामा तीर पाएर अरु जिल्लामा नपाउने पनि हुन सक्छ । स्थानीय तहको निर्वाच्न सम्वन्धी ऐन, तथा नियमावली २०७३ अनुसार आयोगले चुनाव चिन्ह उपलब्ध गराउने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागि हुने राष्ट्रिय दल बाहेक अन्य दललाई भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि कुन निर्वाचन चिन्ह उपलब्ध गराउने भन्ने निर्णय भइनसकेको आयोगले जनाएको छ । यस बारेमा आयोगमा छलफल चलिरहेको आयोगका प्रमुख आयुक्त थपलियाले बताए ।

प्रतिक्रिया