Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अभिनेत्री प्रियङ्का हाजिर जमानीमा मुक्त, अनुसन्धान जारी

अभिनेत्री प्रियङ्का हाजिर जमानीमा मुक्त, अनुसन्धान जारी

क्रिप्टोकरेन्सीको प्रमोट गरेको आरोपमा प्रहरीको अनुसन्धानको दायरामा तानिएकी अभिनेत्री प्रियङ्का कार्कीलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीसँग बयानको काम सकेर श्रीमानको जमानीमा आइतबार बेलुका छाडेको हो।

फेसबुकमा कार्कीको तस्बिरसहित क्रिप्टोकरेन्सीको प्रवर्धन गरेको देखिएपछि ब्युरोले उनलाई सोधपुछका लागि कार्यालयमा बोलाएको थियो। कार्यालयमा उनीसँगको बयानको काम सकिए पनि अनुसन्धान नसिएको भन्दै प्रहरीले उनको मोबाइल अनुसन्धानका लागि राखेर उनलाई भने परिवारको सदस्यको साथ लगाएर छाडेको छ।

'क्रिप्टोकरेन्सीको प्रमोटमा उहाँको तस्बिरसहितको विज्ञापन लगायतका विषय देखिएपछि ब्युरोले अनुसन्धान सुरु गरेको हो,' ब्युरोका डिआइजी धिरजप्रताप सिंहले उकेरासँग भने' प्रमोसनमा संलग्नता छ या छैन अनि आफैँ पनि लगानी गर्ने हो या हैन अनुसन्धान सकिएको छैन। उहाँलाई परिवारको सदस्यको साथमा पठाएका छौँ।'

अभिनेत्री कार्कीले सिआइबीकै रहेको बेलामा उकेरासँग कुरा गर्दै आफैँ सिआइबी आएको दाबी गरेकी थिइन्। 'क्रिप्टोकरेन्सीसँग आफ्नो नाम नजोडियोस् भनेर आफै सिआइबीको कार्यालय आएको हुँ। मेरो फोटो प्रयोग गरेर डिजिटल एप बनाइएछन्। त्यो थाहा पाएपछि म आफै सिआइबीसँग सहयोग माग्न कार्यालय गएको हो,'  उनले भनेकी थिइन्।

क्रिप्टो करेन्सी, विटक्वाइन लगायतबाट नेपालबाट पुजी पलायन भएको भन्दै पछिल्लो समय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कले निकै कडाइ गर्दै आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारले नेपालमा स्क्रिप्ट र विट क्वाइन सम्बन्धी सबै साइट र एप बन्द गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ