Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अभिनेत्री प्रियङ्का हाजिर जमानीमा मुक्त, अनुसन्धान जारी

अभिनेत्री प्रियङ्का हाजिर जमानीमा मुक्त, अनुसन्धान जारी

क्रिप्टोकरेन्सीको प्रमोट गरेको आरोपमा प्रहरीको अनुसन्धानको दायरामा तानिएकी अभिनेत्री प्रियङ्का कार्कीलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीसँग बयानको काम सकेर श्रीमानको जमानीमा आइतबार बेलुका छाडेको हो।

फेसबुकमा कार्कीको तस्बिरसहित क्रिप्टोकरेन्सीको प्रवर्धन गरेको देखिएपछि ब्युरोले उनलाई सोधपुछका लागि कार्यालयमा बोलाएको थियो। कार्यालयमा उनीसँगको बयानको काम सकिए पनि अनुसन्धान नसिएको भन्दै प्रहरीले उनको मोबाइल अनुसन्धानका लागि राखेर उनलाई भने परिवारको सदस्यको साथ लगाएर छाडेको छ।

'क्रिप्टोकरेन्सीको प्रमोटमा उहाँको तस्बिरसहितको विज्ञापन लगायतका विषय देखिएपछि ब्युरोले अनुसन्धान सुरु गरेको हो,' ब्युरोका डिआइजी धिरजप्रताप सिंहले उकेरासँग भने' प्रमोसनमा संलग्नता छ या छैन अनि आफैँ पनि लगानी गर्ने हो या हैन अनुसन्धान सकिएको छैन। उहाँलाई परिवारको सदस्यको साथमा पठाएका छौँ।'

अभिनेत्री कार्कीले सिआइबीकै रहेको बेलामा उकेरासँग कुरा गर्दै आफैँ सिआइबी आएको दाबी गरेकी थिइन्। 'क्रिप्टोकरेन्सीसँग आफ्नो नाम नजोडियोस् भनेर आफै सिआइबीको कार्यालय आएको हुँ। मेरो फोटो प्रयोग गरेर डिजिटल एप बनाइएछन्। त्यो थाहा पाएपछि म आफै सिआइबीसँग सहयोग माग्न कार्यालय गएको हो,'  उनले भनेकी थिइन्।

क्रिप्टो करेन्सी, विटक्वाइन लगायतबाट नेपालबाट पुजी पलायन भएको भन्दै पछिल्लो समय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कले निकै कडाइ गर्दै आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारले नेपालमा स्क्रिप्ट र विट क्वाइन सम्बन्धी सबै साइट र एप बन्द गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया