ताजा अपडेट
चीनमा १३२ जना सवार विमान दुर्घटनाः अहिलेसम्म के के थाहा भयो ?
चीनको सरकारी मिडियाका अनुसार चाइना इस्टर्न एयरलाइन्सको एक विमान चीनको ग्वान्जाओ प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । यो विमानमा १३२ जना सवार रहेको बताइएको छ । विमानमा १ सय २३ जना यात्रु र चालक दलका ९ सदस्य रहेका थिए ।
विमान दुर्घटनामा परेको समाचार बाहिर आए पनि यसबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म समाचार आइसकेको छ । चिनियाँ मिडियाहरुका अनुसार चीनमा बोइङ ७३७ जेट एक पहाडी क्षेत्रमा खसेको हो । त्यो ठाउँमा विमान खसेपछि आगोको मुस्लो देखिएको थियो ।
फ्लाइट एमयू५७३५ ले स्थानीय समयअनुसार साव एक बजे त्यहाँको कुनमिङ भन्ने ठाउँको विमानस्थलबाट उडान भरेको थियो ।
चीनको नागरिक उड्ड्यन प्राधिकरणले दुर्घटनाको कारणबारे अहिलेसम्म केही थाहा नभएको बताएको छ । त्यहाँ उद्दारका लागि सुरक्षाकर्मी तैनाथ भइसकेका छन् । एक घन्टा हावामा देखिएको विमान दुर्घटनाग्रस्त भएको हो ।
यो ६ वर्ष पुरानो विमान भएको बताइएको छ । चिनियाँ मिडियामा अधिकारीहरुले पछिल्लो समय विमानमा आगो लागेको थाहा पाएको बताएका छन् ।
विमान दुर्घटना भएलगत्तै चाइना इस्टर्न एयरलाइन्सको वेबसाइटलाई ब्ल्याक एन्ड ह्वाइट बनाइएको छ ।
सन् १९९४ मा चीनमा ठूलो विमान दुर्घटना भएको थियो । त्यति बेला विमानमा सवार भएका १ सय ६० जनाले ज्यान गुमाएका थिए । यो चीनमा भएका सबैभन्दा ठूला विमान दुर्घटनामध्येको एक थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया