Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ३० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

चीनमा १३२ जना सवार विमान दुर्घटनाः अहिलेसम्म के के थाहा भयो ?

चीनमा १३२ जना सवार विमान दुर्घटनाः अहिलेसम्म के के थाहा भयो ?

चीनको सरकारी मिडियाका अनुसार चाइना इस्टर्न एयरलाइन्सको एक विमान चीनको ग्वान्जाओ प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । यो विमानमा १३२ जना सवार रहेको बताइएको छ । विमानमा १ सय २३ जना यात्रु र चालक दलका ९ सदस्य रहेका थिए ।

विमान दुर्घटनामा परेको समाचार बाहिर आए पनि यसबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म समाचार आइसकेको छ । चिनियाँ मिडियाहरुका अनुसार चीनमा बोइङ ७३७ जेट एक पहाडी क्षेत्रमा खसेको हो । त्यो ठाउँमा विमान खसेपछि आगोको मुस्लो देखिएको थियो ।

फ्लाइट एमयू५७३५ ले स्थानीय समयअनुसार साव एक बजे त्यहाँको कुनमिङ भन्ने ठाउँको विमानस्थलबाट उडान भरेको थियो ।

चीनको नागरिक उड्ड्यन प्राधिकरणले दुर्घटनाको कारणबारे अहिलेसम्म केही थाहा नभएको बताएको छ । त्यहाँ उद्दारका लागि सुरक्षाकर्मी तैनाथ भइसकेका छन् । एक घन्टा हावामा देखिएको विमान दुर्घटनाग्रस्त भएको हो ।

यो ६ वर्ष पुरानो विमान भएको बताइएको छ । चिनियाँ मिडियामा अधिकारीहरुले पछिल्लो समय विमानमा आगो लागेको थाहा पाएको बताएका छन् ।

विमान दुर्घटना भएलगत्तै चाइना इस्टर्न एयरलाइन्सको वेबसाइटलाई ब्ल्याक एन्ड ह्वाइट बनाइएको छ । 

सन् १९९४ मा चीनमा ठूलो विमान दुर्घटना भएको थियो । त्यति बेला विमानमा सवार भएका १ सय ६० जनाले ज्यान गुमाएका थिए । यो चीनमा भएका सबैभन्दा ठूला विमान दुर्घटनामध्येको एक थियो ।

प्रतिक्रिया