Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति शेखर समूहको असन्तुष्टि, समानान्तर समिति बन्न सक्ने

नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति शेखर समूहको असन्तुष्टि, समानान्तर समिति बन्न सक्ने

नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनको विषयलाई लिएर शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट भ्रातृ संगठनको नेतृत्व नियुक्त गरेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले ९ चैतमा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । 

भ्रातृ संगठनको नेतृत्व एकलौटी रूपमा घोषणा गरेको भन्दै शेखर समूहले १४ चैतमा तरुण विद्यार्थी भेला गर्न लागेको नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले जानकारी दिए । कर्णका अनुसार काठमाडौंको एक पार्टी प्यालेसमा आयोजना गरिने उक्त भेलामा शेखर समूहका विद्यार्थी तथा तरुण नेताहरूको सहभागिता रहनेछ । 

भ्रातृ संगठनको नेतृत्व चयनबारे शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सभापति देउवा र नेता कोइरालाबीच ‘वान टु वान’ वार्ता भएको थियो ।  कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार भेटमा कोइरालाले नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति आफ्नो समूहकाे असन्तुष्टि रहेको देउवालाई जानकारी गराएका थिए । सो भेटमा कोइरालाले आफू पक्षका नेताहरूले नेविसंघ र तरुण दलको समानान्तर समिति बनाउने दबाब दिइरहेको बताएका थिए । त्यसको जवाफमा देउवाले सबैलाई मिलाएर अघि बढ्ने आश्वासन दिएको थपलियाले बताए । 

प्रतिक्रिया