Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति शेखर समूहको असन्तुष्टि, समानान्तर समिति बन्न सक्ने

नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति शेखर समूहको असन्तुष्टि, समानान्तर समिति बन्न सक्ने

नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनको विषयलाई लिएर शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट भ्रातृ संगठनको नेतृत्व नियुक्त गरेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले ९ चैतमा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । 

भ्रातृ संगठनको नेतृत्व एकलौटी रूपमा घोषणा गरेको भन्दै शेखर समूहले १४ चैतमा तरुण विद्यार्थी भेला गर्न लागेको नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले जानकारी दिए । कर्णका अनुसार काठमाडौंको एक पार्टी प्यालेसमा आयोजना गरिने उक्त भेलामा शेखर समूहका विद्यार्थी तथा तरुण नेताहरूको सहभागिता रहनेछ । 

भ्रातृ संगठनको नेतृत्व चयनबारे शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सभापति देउवा र नेता कोइरालाबीच ‘वान टु वान’ वार्ता भएको थियो ।  कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार भेटमा कोइरालाले नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति आफ्नो समूहकाे असन्तुष्टि रहेको देउवालाई जानकारी गराएका थिए । सो भेटमा कोइरालाले आफू पक्षका नेताहरूले नेविसंघ र तरुण दलको समानान्तर समिति बनाउने दबाब दिइरहेको बताएका थिए । त्यसको जवाफमा देउवाले सबैलाई मिलाएर अघि बढ्ने आश्वासन दिएको थपलियाले बताए । 

प्रतिक्रिया