Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली काँग्रेसबाट चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा भीम साउँदको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसबाट चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा भीम साउँदको उम्मेदवारी घोषणा

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट भीम बहादुर साउँदले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा मार्फत आगामी वैशाख ३० गते हुने निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

१८ बुँदै प्रतिबद्धता जनाउँदै उनले काँग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आर्थिक विकास, शिक्षामा आमूल सुधार, निःशुल्क घर घरमा स्वास्थ्य सेवा, कृषिको आधुनिकीकरणमा आमूल सुधार, एक घर एक रोजगारीको व्यवस्था, सडकको स्तर उन्नतिमा सुधार लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै उनले प्रत्येक घर घर सम्म सडकले जोडिने, पर्यटन क्षेत्रको विशेष विकास, कला साहित्य संस्कृतिको जगेर्ना, जडीबुटी अध्ययन तथा खेतीमा जोड, कृषक तथा गाउँपालिकामा उत्पादन अन्न र अन्य सामान बस्तु को खरिद बिक्रीको जिम्मा, खेलकुदमा सुधार, भ्रष्टाचार तथा हिनामिनाको अन्त्य, विद्युतको पहुँच नपुगेका प्रत्येक घर तथा सडकमा बिस्तार, नेट इन्टरनेट सात वटै वडामा जडान तथा बिस्तार, बाहिरी लगानी तथा साना उद्योगको विकास र बिस्तार, टोल टोलमा सहकारीको विकास एवं बिस्तार र ई-बैङ्किङ बिस्तार गरी घर घरमा एकल, बालबालिका तथा बृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।

जनताको चाहाना गाउँपालिकाको विकासको लागि अन्य थुप्रै विकासका गतिविधिको आविष्कार निरन्तरता दिने उनले बताएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा उनी प्रतिद्वन्द्वी एमालेका तर्फबाट उठेका हर्क बहादुर साउँदसँग एक मतले पराजित भएका थिए । हर्कबहादुर साउदले ३ हजार १ ३८ सय मत ल्याएर जित हासिल गर्दा काँग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत ल्याएर पराजित भएका थिए ।

 

 

 

प्रतिक्रिया

ट्रेन्डिङ