Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपाली काँग्रेसबाट चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा भीम साउँदको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसबाट चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा भीम साउँदको उम्मेदवारी घोषणा

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट भीम बहादुर साउँदले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा मार्फत आगामी वैशाख ३० गते हुने निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

१८ बुँदै प्रतिबद्धता जनाउँदै उनले काँग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आर्थिक विकास, शिक्षामा आमूल सुधार, निःशुल्क घर घरमा स्वास्थ्य सेवा, कृषिको आधुनिकीकरणमा आमूल सुधार, एक घर एक रोजगारीको व्यवस्था, सडकको स्तर उन्नतिमा सुधार लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै उनले प्रत्येक घर घर सम्म सडकले जोडिने, पर्यटन क्षेत्रको विशेष विकास, कला साहित्य संस्कृतिको जगेर्ना, जडीबुटी अध्ययन तथा खेतीमा जोड, कृषक तथा गाउँपालिकामा उत्पादन अन्न र अन्य सामान बस्तु को खरिद बिक्रीको जिम्मा, खेलकुदमा सुधार, भ्रष्टाचार तथा हिनामिनाको अन्त्य, विद्युतको पहुँच नपुगेका प्रत्येक घर तथा सडकमा बिस्तार, नेट इन्टरनेट सात वटै वडामा जडान तथा बिस्तार, बाहिरी लगानी तथा साना उद्योगको विकास र बिस्तार, टोल टोलमा सहकारीको विकास एवं बिस्तार र ई-बैङ्किङ बिस्तार गरी घर घरमा एकल, बालबालिका तथा बृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।

जनताको चाहाना गाउँपालिकाको विकासको लागि अन्य थुप्रै विकासका गतिविधिको आविष्कार निरन्तरता दिने उनले बताएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा उनी प्रतिद्वन्द्वी एमालेका तर्फबाट उठेका हर्क बहादुर साउँदसँग एक मतले पराजित भएका थिए । हर्कबहादुर साउदले ३ हजार १ ३८ सय मत ल्याएर जित हासिल गर्दा काँग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत ल्याएर पराजित भएका थिए ।

 

 

 

प्रतिक्रिया