Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बर्षा जारी रहेकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनको आग्रह

बर्षा जारी रहेकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनको आग्रह

धिरज कुँवर अछाम 

मंगलबार रातिदेखि आएको अविरल बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम निम्तिएकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनले सबैलाई आग्रह गरेको छ । रामारोशन गाउँपालिकाका विभिन्न ठाउँका बस्ती पहिरोको उच्च जोखिम भएकाले सबैलाई सजक र सुरक्षित रहन नेपाली कांग्रेस रामारोशन गाउँपालिका अछामले आग्रह गरेको हो। बर्षा कारण रामारोशन गाउँपालिका -४ बाटुलासेनक वडा नम्बर ५ रामारोशनकालगायत धेरै जसो बस्तीमा घरहरुमा उच्च जोखिम र क्षति भएकाले तत्काल त्यसको तथ्यांक संकलन गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेस रामारोशन गाउँपालिका कार्यसमिति सचिव पुर्णबहादुर विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा पिडित परिवारलाई राहत सहित व्यवस्थापन आग्रह गरिएको छ । गर्दै वर्षा जारी भएकाले थप मानवीय क्षति हुन सक्ने सम्भावना कायमै भएकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ । वर्षा जारी रहेकाले थप सचेत रहन सबैमा नेपाली कांग्रेस रामारोशन गाउँपालिका को आग्रह : मंगलबार राति आएको अविरल बर्षाका कारण रामारोशन गाउँपालिका का विभिन्न ठाउँका बस्ती पहिरो को उच्च जोखिम भएकाले सबैलाई सजक र सुरक्षित रहन नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अछामले आग्रह गरेको छ । यसका साथै बर्षा कारण रामारोशन गाउँपालिका वडा न ४ बाटुलासेनका वडा ५ रामारोशनका लगायत अन्य वडामा धेरै जसो बस्तिका घरहरुमा उच्च जोखिम र क्षेति भएकाले तत्काल क्षेतिको तथ्यांक संकलन गरि पिडित परिवारलाई राहत सहित व्यवस्थापन गर्ने स्थानिय सरकारलाई नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अछामले आग्रह गरेको छ। बाढीका कारण सडक, खानेपानी, विद्युत, पुल, विद्यालय, घर,छना, अन्न बालिलगायत भौतिक संरचना नष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

कैलाश खोला आसपास हालिएका तटबन्धलगायत थुप्रै भौतिक संरचना क्षेति भएको र अत्यावश्यक संरचना सुचारू गर्नसबै तहका सरका संग नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले माग गरेको छ । प्राकृतिक विपत्तिको बेला आफ्नो क्षेत्रबाट हुन सक्ने उद्वार ,राहत तथा सहयोग गर्ने सबै नेता कार्यक्रतालाई पार्टीले आग्रह गरेको कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनुभयो । बर्षासँगै आएको बाढी पहिरोले रामारोशन क्षेत्रमा ठूलो भएकोले नेपाली कांग्रेस रामारोशनले विज्ञप्ति मार्फत दु:ख व्यक्त पनि गरेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ