Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

ग्रामीण बस्तीलाई डिजिटल युगमा जोडन टेलिकमको सेवा विस्तार

ग्रामीण बस्तीलाई डिजिटल युगमा जोडन टेलिकमको सेवा विस्तार

थम्मन थापा, बागलुङ - चैत १५

मोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्थ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ ।

कुश्मा नगरपालिका वडा नं १४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरि टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याए सँगै सेवाग्राही लाभान्वित भएका छन । टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ७ को रापु राम्जा वडा नं ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भुभाग सँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीहरुमा कभरेज भएसँगै स्थानिय खुसी भएका छन ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए । मोवाईल सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भनें "त्यहाँ रहेको टावरबाट प्राविधिक हिसाबले सेवा प्रवाहमा जटिलता भएको र धेरै भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि यो टावर निर्माण गरेका हौं अहिले समस्या हल भएको छ " मोवाईल प्रयोगकर्ताको समस्यालाई मध्यनजर गरि त्यहाँका स्थानिय र जनप्रतिनिधी सँगको समन्वयमा स्थायी संरचना निर्माण गरि मोवाईल सेवा सुचारु गरिएको शर्माको भनाई छ । 

टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।

भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै टेलिकम सँगको सहकार्यमा मोवाईल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिका वडा नं १४ का वडा सदस्य ईन्द्र गुरुङले जानकारी दिए । पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नु पर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको उनले बताए ।

त्यस्तै टेलिकमले मोदी गाउँपालिका वडा नं ३ लाङदी देउरालीमा पनि टावर निर्माण गरि सेवा सुचारु गरेको जनाएको छ । उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोवाईल सेवा सुचारु गरिएको नेपाल टेलिकम पर्वतका कार्यालय प्रमुख नवराज रेग्मीले जानकारी दिए । सेवा सुचारु भएपछि भ्वाईस सँगै उच्च गतिको अत्याधुनिक प्रविधीको फोरजी मार्फत ईन्टरनेट (मोवाईल डाटा) चलाउन सहज भएको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

मोवाईल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नं ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नं ५ को बाजुङका झण्डै १२ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष देबेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।

पहिले मोवाईलमा हल्का सिग्नल दिन्थ्यो नेटवर्क नहुँदा फोन सम्पर्क गर्न र ईन्टरनेट चलाउन साह्रै समस्या थियो टावर सञ्चालनमा आएपछि घरमै बसेर मोवाईल सेवा प्रयोग गर्न पाउँदा आफुहरु खुसी भएको स्थानिय विष्णु प्रसाद गुरुङले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ