ताजा अपडेट
अछाममा बलात्कारको झुठ्ठा आरोप लगाउने युवतीलाई ३ बर्ष ६ महिना जेल
बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ । जिल्ला अदालत अछामले मंगलवार ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो । न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई जेल सजाय सुनाएको छ । ति युवतीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।
बिहेको लागी कुरा गर्न खनाल आफन्त सहित माघ १५ गते ती युवतीको घरमा गएका थिए । सोहि दिन युवतीकै घरमा एकै कोठामा सुतिरहेको बेला एक पटक जबरजस्ती करणी गरेकी आरोप लगाएकी थिईन । बिवाह गरौ भन्दा युवकले घरमा मान्छे बितेको र उमेर पुुगेपछि बिहे गरौला भन्दा रिसले मद्धा दायर गरेको ती युवतीले अदालतको बकपत्रमा उल्लेख गरेकि छन ।
सहमतीमा करणी भएको र पछि रिसले जाहेरी दिएको व्यहोरा यवतीले बकपत्रमा उल्लेख गरेकी छन । पीडित भनीएकी युवतीले रिसले जाहेरी दिएको युवकलाई झुठ्ठा मुद्दामा फँसाउन खोजेको तथ्य फेला परेको फैसलामा उल्लेख गरिएको छ । झुठ्ठा मुद्दामा फसाईएका प्रतिवादी नन्दराम खनालले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा यी प्रतिवादीले अभियोग मागदावीबाट सफाई पाउने र झुठ्ठा जाहेरी दिएर प्रतिवादीलाई झुठ्ठा मुद्दामा फसाउने प्रयत्न गरे वापतमा ति किशोरीलाई मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ४४ को उपदफा (२) को देहाय ( क१) बमोजिम ३ (तीन) वर्ष ६ महिना कैद हुने फैसला सुनाएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया