Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कला संस्कृतीको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट

कला संस्कृतीको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट

थम्मन थापा बागलुङ चैत १६

कोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई सांगितिक र हाँस्य प्रस्तुती मार्फत मनोरञ्जन दिन अहिले कलाकारहरुलाई भ्याई नभ्याई नै भएको छ ।

हिमालय म्यूजिकल ईभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस् प्रालिले गलकोट नगरपालिका ७ मल्म, आँगाखेतमा गलकोट कन्सर्ट २०७९ आयोजना गरेको छ । "समग्र विकासका लागि नयाँ कल्पना" भन्ने मुल नाराका साथ आगामी वैशाख ३ गते उक्त कार्यक्रम सञ्चालन गर्नको लागि अहिले आवश्यक गृहकार्य भईरहेको आयोजक संस्था हिमालय म्यूजिकल ईभेन्ट म्यानेजमेन्ट फिल्मस् प्रालिका प्रतिनिधी राजन केसीले जानकारी दिए । गलकोटको मल्म स्थित आगाँखेत मध्यपहाडी लोकमार्ग नजिकै उक्त कन्सर्ट आयोजना गरिएको उनले बताए ।

पछिल्लो समय युवा शक्ति विदेश पलायन हुने क्रम निकै बढिरहेका बेला स्वदेशमा रहेका युवाहरुको सामुहिक सकृयतामा आफ्नै जन्मभुमिलाई केहि गरौं भन्ने उद्येश्य राखेर गलकोटमै पहिलो पटक गलकोट कन्सर्ट सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक मोहन केसी राजनले जानकारी दिए ।देश विदेशमा रहेका गलकोटबासी सँगको सहकार्यमा गलकोटमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरु, यहाँको कृषि, पर्यटन, जलस्रोत, स्थानिय सीप र पुर्वाधार नै समृद्ध गलकोट निर्माणको मुल आधार भएकोले सबैसँग हातेमालो गरेर सामाजिक कार्यमा एउटा इटा थप्ने प्रयास रहेको बताईएको छ । 

गलकोटको कला, संस्कृतिको संरक्षण गर्ने र पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको गीत संगीतको माध्यमवाट प्रचारप्रसार गर्ने उद्देश्यले गलकोट कन्सर्टको आयोजना गरिएको प्रचार प्रसार समिती संयोजक भूमिराज थापाले जानकारी दिए । कन्सर्ट सञ्चालन तथा व्यवस्थापनकाे लागि झण्डै १५ लाख खर्च हुने आयोजक संस्थाका आर्थिक संयोजक मिन थापाले बताए । कन्सर्ट सञ्चालन एवं आवश्यक सुरक्षा प्रवन्धको लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा समन्वय गरिएको अतिथि सत्कार संयोजक राम खत्रीले जानकारी दिए । 

नयाँ वर्ष २०७९ को शुभ अवसर पारेर आयोजना गरिएको कन्सर्टमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु विष्णु खत्री, शान्ती श्री परियार, अस्मिता अधिकारी, प्रकाश दुतराज, ईश्वर सिंह, एचविएन किस्मत लगाएतका कलाकारहरुको साङ्गितिक प्रस्तुति रहने कन्सर्ट व्यवस्थापक श्रीकृष्ण केसीले जानकारी दिए ।

प्रतिक्रिया