Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्थानीय निर्वाचनमा झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

स्थानीय निर्वाचनमा झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । भारतसँग सिमाना जोडिएका तराईका ८ र विभिन्न भूमिगत समूह र निर्वाचन वहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्वाचन वहिष्कार गरेको वैद्य निकट नेकपा माओवादी, सिके राउतको जनमत पार्टीलगायतका केही साना दल चुनौतीको रूपमा रहेको उल्लेख गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले तीनै सुरक्षा निकायलाई संवेदनशील क्षेत्र र मतदान केन्द्रमा विशेष निगरानी अपनाउन निर्देशन दिएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले  आवश्यकताको आधारमा सिजर्भ फोर्स तयार गरेर भए पनि सुरक्षा व्यवस्था बजबुत बनाउने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘विशेष गरी जित्नैपर्ने प्रतिष्ठासँग जोडिएका र बढी प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएका छौं ।’ प्रवक्ता एसएसपी केसीका अनुसार निर्वाचनमा ७७ वटै जिल्लामा थप सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्थासहित रिजर्भ फोर्स रहनेछन् भने प्रहरी प्रधान कार्यालयमा भने २ सय जनाको रिजर्भ फोर्स रहनेछ ।

गृह मन्त्रालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना जारी गरेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै योजना तयार गरेको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा ३ जना प्रहरी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी रहनेछन् । सशस्त्र प्रहरीले मोबाइल गस्ती जारी राख्नेछ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजधानीलगायत मुख्य शहरी र अन्य क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती शुरू गरिसकेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ