Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

पाँच दलीय गठबन्धनले गर्‍यो आसन्न स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय

पाँच दलीय गठबन्धनले गर्‍यो आसन्न स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय

पाँच दलीय सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलहरु मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहने बताए । उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका लागि अब गठबन्धनमा सहभागी दलहरुका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी बन्ने बताए ।

मन्त्री कार्कीले भनेका छन्, ‘आज मुल रुपमा सम्माननीय प्रधानमन्त्रीजीको भोलिदेखि हुने भारत भ्रमणको निमित्त सबै गठबन्धन दलका नेताहरुले उहाँलाई भ्रमण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै गरेर वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । त्यसका निमित्त आ–आफ्ना दलहरुका प्रदेश स्तरीय प्रमुखहरु हुनुहुन्छ, उहाँहरुको एउटा समिति बनेको छ, त्यसले प्रदेशस्तरीय काम प्रारम्भ गर्छ ।’

यसका साथै जिल्लास्तरमा जिल्लास्तरीय प्रमुखहरुको एउटा समिति बन्ने र त्यो समितिले आफ्नो काम प्रारम्भ गर्ने उनले बताए । त्यस्तै गाउँपालिका स्तरमा गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बन्ने र त्यसले काम गरेर २२ गतेभित्रमा आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ ? भन्नेबारे केन्द्रलाई विस्तृत रुपले आफ्नो प्रतिवेद पेस गर्ने उनले बताए ।

उनले थप भनेका छन्, ‘समग्रमा भन्दा हामी वैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा ५ दलीय गठबन्धन एक ठाउँमा उभिएर राष्ट्रियसभाको झैँ चुनाव लड्नेछौँ, त्यही निर्णय भएको छ । पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर आगामी स्थानीय तहको निर्वाचनमा खडा हुन्छ ।’

यसका साथै मन्त्री कार्कीले बैठकमा सहभागी गठबन्धनका नेताहरुले भोलि (शुक्रवार) भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमण सफलताको शुभकामना दिएको पनि बताए ।

भ्रमणमा प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै नभइ जनता– जनताको स्तरमा पनि सम्बन्ध भएकोले यी सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र दुई देश बीचमा देखिएका समस्याहरुको हल गर्न उच्चस्तरको राजनीतिक र कुटनीतिक पहल गर्ने बताए ।

प्रतिक्रिया