Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पाँच दलीय गठबन्धनले गर्‍यो आसन्न स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय

पाँच दलीय गठबन्धनले गर्‍यो आसन्न स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय

पाँच दलीय सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलहरु मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहने बताए । उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका लागि अब गठबन्धनमा सहभागी दलहरुका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी बन्ने बताए ।

मन्त्री कार्कीले भनेका छन्, ‘आज मुल रुपमा सम्माननीय प्रधानमन्त्रीजीको भोलिदेखि हुने भारत भ्रमणको निमित्त सबै गठबन्धन दलका नेताहरुले उहाँलाई भ्रमण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै गरेर वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । त्यसका निमित्त आ–आफ्ना दलहरुका प्रदेश स्तरीय प्रमुखहरु हुनुहुन्छ, उहाँहरुको एउटा समिति बनेको छ, त्यसले प्रदेशस्तरीय काम प्रारम्भ गर्छ ।’

यसका साथै जिल्लास्तरमा जिल्लास्तरीय प्रमुखहरुको एउटा समिति बन्ने र त्यो समितिले आफ्नो काम प्रारम्भ गर्ने उनले बताए । त्यस्तै गाउँपालिका स्तरमा गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बन्ने र त्यसले काम गरेर २२ गतेभित्रमा आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ ? भन्नेबारे केन्द्रलाई विस्तृत रुपले आफ्नो प्रतिवेद पेस गर्ने उनले बताए ।

उनले थप भनेका छन्, ‘समग्रमा भन्दा हामी वैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा ५ दलीय गठबन्धन एक ठाउँमा उभिएर राष्ट्रियसभाको झैँ चुनाव लड्नेछौँ, त्यही निर्णय भएको छ । पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर आगामी स्थानीय तहको निर्वाचनमा खडा हुन्छ ।’

यसका साथै मन्त्री कार्कीले बैठकमा सहभागी गठबन्धनका नेताहरुले भोलि (शुक्रवार) भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमण सफलताको शुभकामना दिएको पनि बताए ।

भ्रमणमा प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै नभइ जनता– जनताको स्तरमा पनि सम्बन्ध भएकोले यी सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र दुई देश बीचमा देखिएका समस्याहरुको हल गर्न उच्चस्तरको राजनीतिक र कुटनीतिक पहल गर्ने बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ