Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाढि पहिरोले पुर्‍याएको क्षती प्रति कांग्रेस अछामद्वारा दुःख व्यक्त , राहत र उद्धारमा लाग्न सबैमा अनुरोध ।।

बाढि पहिरोले पुर्‍याएको क्षती प्रति कांग्रेस अछामद्वारा दुःख व्यक्त , राहत र उद्धारमा लाग्न सबैमा अनुरोध ।।

अछाम नेपाली कांग्रेस अछाम द्वारा ️लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण जिल्लाका विभिन्न भागमा जनधनको क्षती भएको प्रति गहिरो दु’ख व्यक्त गर्दछ ।

अछाम जिल्लामा प्राकृतिक बिपत्तिका कारण रुखमा च्यापीएर ज्यान गुमाएकी कमलबजार नगरपालिका – ३ बयलाकी २२ बर्षिया देवकला भुल लगायत अविरल बर्षा पछिको बिपत्तिका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउने मृतक प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो । पार्टी सभापति भरत कुमार स्वार र सह सचिव तथा प्रवक्ता बेद प्रकाश तिमील्सैना द्वारा हस्ताक्षरित बिज्ञप्ती भनिएको छ ।

यस्तै बाढी पहिरोमा परि घाइते भएकाहरुको स्वास्थलाभको कामना गर्दै वेपत्ता भएका सबैको खोजिका लागि तदारुककता देखाउन जोडदार माग गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका – वडा नम्बर -४ बाटुलासैन ,५ रामारोशन , बान्निगढी गाउँ पालिकाको दर्ना , ढकारी गापा वडा नं. ६ , मंगलसेन नगरपालिका नं. ५ स्थित शान्तिकोट तुर्माखाँद गापा वडा नं. ५ स्थित धुरगाँउ , पन्चदेवल विनायक वडानम्वर २ ,९ लगायत जिल्लाका विभिन्न स्थानमा भएको क्षति र बुढीगंगा नदि , कैलाश खोला , चाइरा खोला , चिपे खोला , कुइका गाड लगायतका नदि , गाड र खोलाले खेतीयोग्य जमिन कटान गरेको प्रती दु’ख प्रकट गरेको छ ।

पहिरोको जोखिममा परेर विस्थापित रामारोशन गाउँपालिका – ४ अल्लेणीका ३८ घरपरिवार , ६ का पाँच परिवार , मेल्लेख गाउँपालिका का ४ घरपरिवार सहित जिल्लाका विपतका कारण विस्थापित सबैको उद्धार, राहत तथा पुनः स्थापना लागि नेपाली काँग्रेस जिल्ला कार्यसमिति अछाम केन्द्र (संघिय ) सरकार र सुदुरपश्चिम सरकार संग जोडदार माग समेत गरिएको छ ।

बाढि पहिरोको क्षतीका कारण अवरुद्ध बान्नीगढी जयगढ गाँउपालिका वडा नं. ६ स्थित दर्ना लघु जलविद्युत आयोजना , रामारोशन गाउँपालिका वडा नम्बर ४ स्थित गोगनखडा लघु जलविद्युत आयोजना वडानम्बर ६ को कैलाशखोला पातु लघुजलविद्युत आयोजना ,कैलाश खोला तेस्रो लघुजलविद्युत आयोजना , तडेरवा लघु जलविद्युत आयोजनाको क्षतिको यकिन गरि विद्युत सेवा सुचारु गर्न र रामारोशन गाउँ पालिकामा बाढिका कारण क्षति पुगेका कारण आवतजावत अवरुद्ध भएको हुँदा झोलुङ्गे पुल मर्मत गरि आवतजावत सहज बनाउन नेपाली काङ्ग्रेस अछाम सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

बाढी पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको गैरिटार विनायक खण्ड , अछाम बाजुरा सडक खण्डको लगायत अवरुद्ध जिल्लाका विभिन्न स्थानीय सडकको पहिरो हटाइ यातायात सेवा सुचारु गर्नका लागि आवश्यक तत्परता देखाउन सम्बन्धित निकाय ध्यानाकर्षण गरेको छ ।

यस्तै मनसुनजन्य विपद्को प्रकोप जोखिम न्यूनीकरणका लागि बिपत ब्यवस्थापनका क्षेत्रमा आवस्यक प्रबन्ध गर्न जिल्ला समन्वय समिति अछाम , स्थानीय प्रशासन र अछाम स्थित सबै १० वटै स्थानीय तह संग अपिल गर्दछौ भनि बिज्ञप्ती भनिएको छ ।यो विपत्ति समयमा नेपाली कांग्रेस पार्टीका जिल्ला स्थित सबै तह र तप्काका साथीहरू ,सबै भातृ संघ संगठन , शुभेच्छुक संघ संगठनका साथिहरु र नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि हरुलाई प्राकृतिक बिपत्तिमा परेकाहरूको राहत र उद्धारमा सहभागी हुन अनुरोधका साथै निरन्तर बर्षाका कारण अछाम जिल्लामा बाढी पहिरोको जोखिमम रहेकाले जिल्ला स्थित सबै नागरिकहरूमा उच्च सतर्कता अपनाउनु हुन विनम्रतापुर्वक आग्रह गरिएको छ ।

प्रतिक्रिया