Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

“कोभिडको समयमा नबिग्रिएको अर्थतन्त्र अहिले आएर बिग्रियो”- मनोज ज्ञवाली

“कोभिडको समयमा नबिग्रिएको अर्थतन्त्र अहिले आएर बिग्रियो”- मनोज ज्ञवाली

यो आर्थिक वर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौँ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन । केहि सुचकांक निम्नानुसार छन् ।

१. मुद्रास्फिति (Inflation) को दर दुई गुणा भन्दा बढिले बढेर ६ प्रतिशत हाराहारी पुगेको छ । थोक मूल्यको मुद्रास्फिति १० प्रतिशत भन्दा बढिले बढ्यो ।

२. कर्जा वृद्धिदरको एक तिहाइ पनि निक्षेपको वृद्धिदर हुन सकेन । स्थानीय सरकारको खाताको ८० प्रतिशतसम्म रकमलाई बैक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यबस्था गर्दा समेत सवा खर्बले निक्षेप बृद्धि हम्मे हम्मे भयो । बैकहरुको सिडी रेसियो ९१ प्रतिशतको हाराहारी छ ।

३. व्यापार घाटा ३८ देखि ४० प्रतिशतले बढेको छ । बैदेशीक मुद्रा संचिति घट्दै गएर साढे छ महिना सम्मको बस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ ।

४. २ लाख भन्दा बढि थप नेपाली नागरिकहरु बैदेशीक रोजगारमा जांदा पनी रेमिटेन्स ६ प्रतिशतको हाराहारीले घटेको छ ।

५. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५५ प्रतिशत भन्दा बढिले बृद्दि भएकाले त्यसको असर नेपालमा पनि परेको छ ।

६. सरकारले पुर्ववत पूँजीगत खर्च गर्न सकेन । बैदेशीक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन । बैदेशीक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।

७. सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा १०० अर्ब भन्दा थप रकम जम्मा भएको छ । यसले तरलतामा थप चाप परेको छ ।

८. ब्याजदरमा बृद्धि भएको छ । नयाँ कर्जा पाउनै मुस्किल, पाइहाले पनी १३ प्रतिशत भन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ । यसले उधमशिलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ ।

९. देशको अर्थतन्त्रका सुचकांकहरु जस्तै रहे पनि नेपालीहरूको बैदेशीक यात्रा राम्रै बढेको छ। देशमा भन्दा विदेशमा सम्भावना बढि देखिदा पढ्न या पढ्न भनेर विदेशीने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च ९२ प्रतिशत हाराहारीले बढेर ३६ अर्ब माथि पुगेको छ ।

१०. पूँजीबजार प्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक २०/२२ अर्ब रुपैयाँको कारोबार पुगेको बजार घटेर दैनिक २/३ अर्ब रुपैयाँमा समिति भएको छ । यसले लगानीकर्ताहरुमा निराशा संगै पूँजी पलायनको समेत आशङ्का गरिएको छ ।

तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिदै समाधानका बारेमा सोचिएन । यस पटकको तरलता अभाब systemic हो र छिटै अनी सहजै समाधान हुदैन भन्ने मेरो धारणा शुरुवात मै थियो । यस पटक अर्थतन्त्रका सूचकांकहरु सबै तिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थीती छ । अहिले कसले कसलाई दोष दिएर आफु चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन, समाधानका उपाय हरुमा लाग्नुपर्छ अनी होस्टेमा हैसे गर्नु पर्छ । आत्तीनु पर्ने होईन र सम्हालिएर हिँड्नुपर्ने स्थीति चै छ । समय मै एउटा टास्क फोर्स (राजनैतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दिर्घकालीन समाधानका उपायमा काम गर्न जरुरी छ।

स्रोत: बैंकर मनोज ज्ञवालीको फेसबुक पेज

प्रतिक्रिया