Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

बागलुङमा स्थानिय तहको चुनावमा गठबन्धन गर्ने सत्तारुढ ५ दलको निर्णय

बागलुङमा स्थानिय तहको चुनावमा गठबन्धन गर्ने सत्तारुढ ५ दलको निर्णय

थम्मन थापा, बागलुङ चैत २०

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी सहित पाँच दलको चुनावी गठबन्धन हुने भएको छ । आईतबार सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस जिल्ला सभापति जीत शेरचनको अध्यक्षतामा बसेको जिल्ला स्तरीय नेताहरुको बैठकले स्थानिय तहको निर्वाचनमा पालिका स्तर देखि वडा तहसम्म एक भएर अगाडी बढ्ने निर्णय गरेका छन ।

बैठकले गठबन्धनमा रहेका राजनैतिक दलको केन्द्रिय निर्णयको स्वागत गर्दै केन्द्रिय निर्देशन बमोजिम नै वडा तह देखि नै प्रतिवेदन तयार पार्नका लागि सबै दलका एक एक जना प्रतिनिधी रहने गरी पाँच सदस्यीय कार्यदल निर्माण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरेले जानकारी दिए ।  कार्यदलमा नेपाली काँग्रेसका जिल्ला सचिव हरिहर शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, नेकपा एकीकृत समाजवादीका गोविन्द गौतम, जनता समाजवादीका कृष्ण शर्मा र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल रहेका छन । कार्यदलले वडा तहसम्म अध्ययन गरी आगामी चैत २२ गते भित्र केन्द्रमा प्रतिवेदन बुझाउनु पर्ने नेपाली काँग्रेसका जिल्ला सभापति जीत बहादुर शेरचनले बताए ।

प्रतिवेदन बुझाए पश्चात सोही अनुसार छलफल गरेर अगाडी बढ्ने उनले जानकारी दिए । जिल्लामा निर्वाचनका लागि सैद्धान्तिक र नितिगत छलफल गर्न एक राजनैतिक दलबाट २ जना प्रतिनिधि रहने गरी १० जनाको कार्यदल समेत निर्माण गरिने छ । त्यसका लागि हरेक दलले दुई / दुई जनाको नाम सिफारिस गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिईन । जिल्ला तहमा कुन ठाँउमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने अहिले निर्णय भएको छैन । पहिलो चरणमा अध्ययन गरेर प्रतिवेदन बुझाए पश्चात उक्त विषयमा उच्च स्तरीय संयन्त्र गराएर छलफल गरिने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामजी प्रसाद शर्माले बताए ।

उनले यो गठबन्धन स्थानिय तहमा पहुँचमा पुग्न मात्र नभएर प्रगितमनकारी षडयन्त्रका विरुद्ध भएको बताए । उनले  केन्द्रीय स्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताए । यो निर्वाचनमा तल्लो तहसम्म नै अध्ययन गरेर जनताको भावना अनुसार उम्मेदवार छनौट हुने गरी संयन्त्र निर्माण गरिने बताईएको छ । आगामी दिनमा सोही अनुसार उम्मेदवारको टुंगो लाग्ने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले बताए । उनले केन्द्रीय निर्णयलाई स्वागत गर्दै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाएर यो निर्वाचन गठबन्धनको पक्षमा लाग्ने गरी सबै राजनितिक दल लागेको बताए । 

बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पा खड्का, काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्रबहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द उपाध्याय, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, राविज घिमिरे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, जनता समाजबादीका संघिय परिषद सदस्य प्रकाश बगाले लगायतका नेताहरुको उपस्थिति थियो । 

प्रतिक्रिया