Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामका ३५ वर्षे युवा पृथ्वी शाहले अमेरिकाबाट भित्राएको १४ करोड, अर्थमन्त्री मुछिए

अछामका ३५ वर्षे युवा पृथ्वी शाहले अमेरिकाबाट भित्राएको १४ करोड, अर्थमन्त्री मुछिए

बिहीबार कान्तिपुर दैनिकमा ‘अमेरिकाबाट आएको शङ्कास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ भन्ने प्रमुख समाचार छापियो ।

अछाम घर भएका व्यवसायी पृथ्वीबहादुर शाहको अमेरिकाबाट आएको रकम छुटाउन अर्थमन्त्रीले दबाब दिएको कुरा निकै गम्भीर हो । बिहीबार अर्थमन्त्रीको सचिवालयले शाहको पैसा छुटाउन मन्त्रीले दबाब नदिएको र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माघ १० गते शाहलाई क्लिनचिट दिएको केही दस्तावेज़ सार्वजनिक गर्र्यो । 

अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रमा शाह विरुद्ध २०७४ सालमा उजुरी परेको छानबिन गर्दा कसुर अपराध नगरेको हुँदा रोक्का रहेको खाताको पैसा फुकुवा गर्न उल्लेख गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाले शङ्कास्पद लागेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्छ । वित्तीय जानकारी इकाई ले थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने र खातामा भएको पैसा रोक्का राख्ने र विभागमा गैर कानुनी रकम भएको भेटेमा मुद्दा लगाउन सक्ने व्यवस्था छ ।

कुनै बेला अर्थ मन्त्रालय मातहतमा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अहिले प्रधानमन्त्री कार्यालय मातहत रहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने स्वतन्त्रसँग अनुसन्धान गरेको अहिलेसम्म इतिहास भने छैन । 

अर्थमन्त्रीको सचिवालयले शाहको रोक्का भएको रकम छुटाउन दबाब नदिएको विज्ञप्ति र दस्तावेज़हरु सार्वजनिक गरेपछि शाहले पत्रकार सम्मेलन बोलाए ।

शाहले पत्रकार सम्मेलनमा राष्ट्र बैंकका केही कर्मचारीलाई घुस नदिएको कारण आफ्नो पैसा रोक्का भएको दाबी गरे । ‘नियमनकारी र स्वायत्त निकाय भएपनि राष्ट्र बैंकमा केही बिचौलियाहरू हाबी छन्, मलाई तपाईँको पैसा फुकुवा गर्ने भए ३ करोड घुस चाहिन्छ भनेर प्रस्ताव गरे,’शाहले पत्रकार सम्मेलनमा भने ।

राष्ट्र बैंकले पैसा रोक्का राखेको र सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेका शाहले राष्ट्र बैंकलाई आरोप लगाएर बच्न खोज्नु स्वाभाविक नै भयो । तर,राष्ट्र बैंकको विदेशी विनिमय विभागमाथि प्रश्न उठेको यो पहिलो पटक भने होइन । यसलाई पुष्टी गर्ने काम राष्ट्र बैंकको विदेशी विनिमय विभागमा काम गरेका केही कर्मचारीले नै गरेका छन् ।

उदाहरणको लागि राष्ट्र बैंकमा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय बिताएका भीष्म ढुंगानलाई लिन सकिन्छ । ढुंगाना राष्ट्र बैंकबाट अवकास भएपछि केपी ओलीको सरकारको धितोपत्र बोर्डको अध्यक्ष बनायो । ढुंगानाले बुकबिल्डिङ प्रणाली मार्फत निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी छोरीको नाममा किने ।

जसको कारण ढुंगानाको पद गयो भने सार्वजनिक निष्कासनमा राम्रा प्रणाली मानिएको बुकबिल्डिङ प्रणाली अलपत्र परर्यो । शाहले पत्रकार सम्मेलन गरेर गभर्नर अधिकारीले भेट्न नदिएको र उनी मातहत रहेका कर्मचारीले घुस मागेको आरोप लगाएका छन् । राष्ट्र बैंककै क्याडर गभर्नर अधिकारीलाई विदेशी विनिमय विभागको बारेमा जानकारी छ ।

विदेशी विनियम विभागमा बस्नेहरुले अर्कै खाले माग गर्ने कुरा शाहले मात्र लगाएका छैनन् । विदेशी लगानी भित्राउने र काम गर्ने कर्मचारीले अनौपचारिक गफमा विभाग कर्मचारीलाई केही फेबर गरेपछि मात्र फाइल पास हुने बताउँछन् । 

उनले रिसमा आरोप लगाए वा वास्तविक रुपमा त्यस्तो भएको त्यो अनुसन्धानबाट खुल्ने विषय हो । उनले पत्रकार सम्मेलनमा सरोकारवाला व्यक्तिको फोन तथा ह्वाटसएप हेर्न समेत चुनौती दिएका छन् । 

१४ करोड रुपैयाँ अमेरिकाबाट ल्याउने शाह को हुन् ?

शाहको बारेमा सार्वजनिक चर्चा भएको बिहीबार कान्तिपुरमा प्रकाशित समाचारले हो । व्यावसायिक जगतमा उनको नाम खासै सुनिएको थिएन । तर,राष्ट्र बैंकका उच्च कर्मचारी तथा अर्थ मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कर्मचारीलाई उनको बारेमा जानकारी दियो ।

शाहले बिहीबारको पत्रकार सम्मेलनमा आफू अछामको सामान्य घरबाट आएको र १६ वर्षदेखि व्यवसायीमा सक्रिय रहेको बताए । ‘म आफू लो प्रोफाइलमा बसेर काम गर्ने व्यक्ति हो,जाँडरक्सी खाने गर्दिन,वेष्टन युनियनमा कुनै बेला जागिर खाएको थिए,’शाहले पत्रकार सम्मेलनमा भने । उनले आफूले रेमिटेन्स कम्पनीदेखि लिएर ट्राभल कम्पनी चलाउने र सो रकम ट्राभल कम्पनीले व्यवसाय गर्दा पाएको दाबी गरे ।

 १४ करोड नै अमेरिकाबाट आउने गरेर उनको ट्राभल कम्पनी भने चलेको भने होइन । उनले वर्ल्ड ट्राभल कम्पनी तथा इन्भेस्टमेन्ट कम्पनी चलाउने जानकारी दिएका छन् । उनले पत्रकार सम्मेलनमा पठाएको इमेलमा उनको कम्पनीको वेबसाइट हेर्दा २० वटा प्रोजेक्ट चलाएको तथा २०० वटा क्लाइन्ट रहेको ९७० प्लस टिकट गरेको ५ वटाभन्दा बढी व्यवसाय रहेको उल्लेख गरेका छन् ।

वेबसाइट हेर्दा ठूलो कारोबार गर्ने खालको ट्राभल कम्पनीजस्तो भने छैन । यसले शाहले ल्याएको पैसामा भने शङ्का गर्ने ठाउँ दिएको छ । 
‘पैसा रोकिएको कारण मेरा कम्पनीहरू बन्द छन्,म मर्नुपर्ने स्थिति आएको छ,परिवारका सदस्यको समेत खाता रोक्का छ,’शाहले पत्रकार सम्मेलनमा भने । 

प्रतिक्रिया