ताजा अपडेट
समाचार साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ
अछाममा पनि टाईफाईड खोप अभियान सुरु गरिएकाे छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाममा टाईफाईड खोप अभियान सुरु गरिएको हो।
साँफेबगरस्थित किन्डरगार्टन एकेडेमीबाट खोपको सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ। नगरप्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक कुलबहादुर कुवँरको अध्यक्षतामा खोप कार्यक्रम सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए।
अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो। यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया