Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नयाँ वर्षमा हिन्दू स्वयम् सेवक संघको दीप प्रज्ज्वलन

नयाँ वर्षमा हिन्दू स्वयम् सेवक संघको दीप प्रज्ज्वलन

हिन्दू स्वयम् सेवक संघले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ। 'हाम्रो नयाँ वर्ष हाम्रो स्वभिमान, हाम्रो संस्कृति हाम्रो अभिमान' मूल नाराका साथ शुभकामना आदानप्रदान कार्यक्रम मंगलसेनको खुलामञ्चमा गरिएको हो। त्यसक्रममा दीप प्रज्वलन गरिएको हो।

पछिल्लो अवस्थामा इस्वी संवत् अर्थात् अङ्ग्रेजी वर्ष कामकाजी र पश्चिमी संस्कृतिको रूपमा बढ्दै गएकाले विक्रम सम्वत् अर्थात् हिन्दू धर्म अनुसारको तिथिमितिलाई जोड दिइएको हो। हरेक पर्व संस्कृति परम्परासँग जोडिएको नेपाली पहिचान र मूल्यमान्यताको विक्रम सम्वत आझेलमा परेकाले आफ्नो संस्कृति परम्परा बचाउन विक्रम संवतलाई नयाँ वर्षको रुपमा उल्लासपूर्वक मनाइएको हो।

विक्रम सम्बतलाई सरकारी कामकाजको रूपमा विकास गर्दै मौलिक परमपराको जगेर्ना गर्न जोड दिँदै स्वयंसेवक संघले दीप प्रज्वलन र शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। मंगलसेनमा सयौँ युवा जनप्रतिनिधि, व्यापारी र नागरिकको उपस्थितिमा कार्यक्रम गरिएको कार्यक्रमका संयोजक, समाजसेवी बमबहादुर स्वारले बताए। दीप प्रज्वलन कार्यक्रममा मंगलसेन नगरपालिका ५ का वडा अध्यक्ष हरि प्रसाद ढुंगाना, प्राज्ञिक विद्यार्थी परिषदका अध्यक्ष्य जयबहादुर बोगटी, गणेश अधिकारी विष्णुप्रसाद रिमाल र मंगलसेन युवा क्लबका अध्यक्ष मोहित थापा लगायत उपस्थित थिए ।

प्रतिक्रिया