Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कोभिड नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

कोभिड नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

१५ साउन, वीरगञ्ज । पर्सामा बिहीबार २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

‘वीरगञ्ज महानगरपालिकाले कोभिडमा खटाएका कर्मचारीहरु काममा गएनछन्, प्रशासनको आदेशले २५ जनालाई नियन्त्रणमा लिएका छौं ।’ उनले भनिन् ‘ अझै ५ जनालाई खोजी गरिरहेका छौं ।’ 

प्रशासनले कोभिड महामारीमा खटाउन कर्मचारी माग गरेपछि महानगरपालिकाले ३० जना कर्मचारीको विवरण अस्पतालमा पठाएको थियो । जसमध्ये ४ जना जनस्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब (छैटौं), ६ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ४ जना अनमी पठाएको थियो ।
तर अस्पतालबाट उनीहरुलाई सम्पर्क गर्दा कसैले पनि सकारात्मक जवाफ नदिएको तितो अनुभव नारायाणी अस्पतालका डा‍. उदय नारायाण सिंहसँग छ ।

‘केहिले हामीले काज सरुवाको पत्र बुझेकै छैनौं, किनकी पहिलाको भत्ता दिएका छैनौं, त्यसैले आउन सक्दिनौं भने । केहिले व्यक्तिगत र परिवारिक स्वास्थ्य समस्या देखाए ।’ उनले भने ‘ कोहि पनि आउन तयार रहेनछन् । त्यसपछि मेसु सर र प्रशासनलाई जानकारी गराएको हुँ ।’

नारायणी अस्पतालमा स्वाब संकलन, थप आइसोलेसन व्यवस्थापन, अस्थयी कोभिड अस्पतालमा आवश्यक जनशक्तिको अभाव छ । त्यसका लागि स्थानीय प्रशासनले महानगरपालिकासँग कर्मचारी मागेको थियो । महानगरको स्वास्थ्य महाशाखाका कर्मचारीले सहयोग गरे थप आइसोलेसन सेन्टर स्थापना गरेर सञ्चालनमा ल्याउन सकिने प्रशासनको निष्कर्ष छ ।

विपद्का बेला काम नगर्ने कर्मचारीलाई नियन्त्रणमा लिन माथिल्लो निकायबाटै आदेश भएकोले सोही अनुसार निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत बताउँछन् ।

‘महानगरपालिकाले नै ३२ बेडको आइसोलेसन सिद्धार्थ माविमा तयार गरेर राखेको छ,’ उनले भने, ‘अस्पताल र स्वास्थ्य कार्यालयसँग प्रयाप्त जनशक्ति छैन, जसोतसो भरथेग गरिरहेका छन् । महानगरपालिकासँग कर्मचारी मागेको भएपनि काम गर्न काेही पनि तयार नभएको गुनासो आयो । त्यसपछि समातेर ल्याउन भनेका हौं ।’ अनलाइनखबर

 

 

प्रतिक्रिया