Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

साँफेबगरमा गठबन्धनदलहरुद्धारा स्थानीयतह निर्वाचनका लागी बिभिन्न समितिहरु गठन

साँफेबगरमा गठबन्धनदलहरुद्धारा स्थानीयतह निर्वाचनका लागी बिभिन्न समितिहरु गठन

साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजबादी गठबन्धन दलको बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस साँफेबगर नगर कार्यसमितिका सभापति लालबहादुर कुँवरको सभापतित्वमा बसेको बैठकले स्थानीयतहको निर्वाचनको बिषयमा छलफल गर्नुका साथै बिभिन्न समितिहरु समेत बनाएको छ ।

बैठकले स्थानीय तहमा सत्ता गठबन्धनलाई जिताउनका लागी नेपाली काग्रेसका महासििमत सदस्य टिकाराम खनालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समन्वय तथा परिचालन समिति बनाएको छ । समितिको सदस्यमा महासमिति सदस्य राजन कुँवर,समाजबादीका नगर ईन्चार्ज हिक्मत बहादुर कुँवर,कांग्रेसका नगर सभापति लालबहादुर कँुवर,समाजबादीका नगर कमीटी अध्यक्ष मुकेश सुनार रहनु भएको छ ।

बैठकले महासमिति सदस्य जयन्द्र स्वारको सयोजकत्वमा दुबै पार्टीका भातृसंघ संगठन सदस्य रहने गरी प्रचारप्रसार समिति गठन गरेको छ । त्यसैगरी गीता कुँवरको सयोजकत्वमा धिरज कुँवर र डण्डि भट्ट सदस्य रहने गरी सुचना तथा सञ्चार समन्वय समिति गठन गरिएको नगर सभापति लाल बहादुर कुँवरले जानकारी दिनु भयो । त्यसैगरी चेतमानबिक्रम शाहको सयोजकत्वमा अनिल कँुवर,भक्त बहादुर कुँवर,चक्र कुँवर,रुप बहादुर बुढा सदस्य रहने गरी यातायात ५ सदस्यीय यातायात समिति, महाधिबेशन प्रतिनिधि कृष्ण कुँवरको सयोजकत्वमा पृथ्बी कुँवर,राजन भण्डारी,पुष्प कुँवर,सुभाष कँुवर,प्रकाश खड्का सदस्य रहने गरी युवा परिचालन समिति गरिएको छ । त्यसैगरी बैठकले निर्वाचन समन्वय तथा परिचालन समितिका संयोजक सदस्य रहने गरी आर्थिक समिति समेत गठन गरेको छ ।

निर्वाचन अवधि भर गठबन्धन दलको सम्पर्क कार्यालय नेपाली काग्रेसको क्षेत्रिय कार्यालयलाई बनाउने र वडा कार्यसमिित र टोल कमीटीको पदाधिकारीलाई परिचालन गरि मतदाता शिक्षा सिकाई कार्य पनि गर्ने निर्णय गरेको छ । बैठकमा गठबन्धन दलका साफेबगर नगरपालिकामा प्रमुख पदका उम्मेदवार राजेन्द्र कुँवर,उपप्रमुखका उम्मेदवार शिब बहादुर कँुवर शिलोज, जिल्ला कार्यसमिति सदस्य गोकुल भाट,नेपाली काँग्रेसका क्षेत्रिय सभापति कृष्ण बुढा,समाजबादीको टेक बटाला,नेपाली काग्रेसका नगर सचिब सुदर्शनराज शर्मा र अनिल परियार लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया