Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ जेठ २०७९

"मैले नगरबासिका समस्या नजिक बाट बुझेको छु, समाधान गर्नलाई सदैब लागि पर्नेछु" - मेयर पदका उम्मेदवार कुँवर

"मैले नगरबासिका समस्या नजिक बाट बुझेको छु, समाधान गर्नलाई सदैब लागि पर्नेछु" - मेयर पदका उम्मेदवार  कुँवर

अछामको साँफेबगर नगरपालिकामा नेपालि कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार राजेन्द्र बहादुर कुँवरले आफुले नगरपालिकाको दुर दराजका आम नागरीकका समस्या नजिकबाट महसुस गरेको र ति समस्याको समाधानका लागि आफु राजनितिमा लागेको बताएका छन् । साँफेबगर नगरपालिका वडा नं. १२ खप्तडको घरदैलो पछिको आमसभा कार्यक्रममा बोल्दै कुँवरले आफ्नो मनमा विकास, परिर्वतन र समाजको सेवा गर्नु बाहेक अर्को उद्देश्य नभएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै कुँवरले भने लामो समयदेखि राजनितिमा होमिएको हुँ, समाजसेवा बाहेक अन्य कुनै फरक मनसायले राजनितिमा सक्रिय भएको होईन् । मेरो एक मात्र चाहाना जनता सुखी र खुशी हुन भन्ने छ, त्यसका लागि सबै क्षेत्रको विकास हुन जरुरी छ, विकास गर्ने खाका हामी संग छ यसपटक गठबन्धनलाई मत दिनुहोस् ।

नेपाल तरुण दल अछामका पुर्व सभापति र नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कुँवरले सदैव आम नागरीकको हक हितको पक्षमा आफु अग्रसर भएर लागेको समेत बताए ।

साँफेबगर नगरपालिकाका जनताले आफुलाई विश्वास गरेर विजयि बनाउने कुरामा आफु ढुक्क रहेको कुरा समेत कुँवरले बताए । यसपटक साँफेबगर नगरबासीको मत पाएको खण्डमा साँफेबगरलार्ई नमुना नगर बनाउने र सदैव जनताका लागि समर्पित भएर काम गर्ने आफ्नो योजना रहेको कुँवरले बताए ।

प्रतिक्रिया