Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सानपा वडा न १३ बाब्लाको सर्वदलिय हस्ताक्षर सहित सम्पन्न गरिएको निर्वाचन रद्द, स्थिति तनावग्रस्त

सानपा वडा न १३ बाब्लाको सर्वदलिय हस्ताक्षर सहित सम्पन्न गरिएको निर्वाचन रद्द, स्थिति तनावग्रस्त

साँफेबगर नगरपालिका वडा न १३ बाब्ला को निर्वाचन रद्द गरिएको छ । मतदान एकलौटी भएको र ५१ प्रतिशत नपुगेको भन्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको छ ।

हिजो सम्पन्न भएको निर्वाचन मा मत हाल्ने क्रममा विवाद भैइ झडप हुँदा करिब ५ घण्टा मतदान रोकिएको थियो । सदरमुकाम मंगलसेन बाट सहायक प्रमुख जिल्ला अधिकारी को नेतृत्व मा टोलि साँफेबगर नगरपालिका १३ बाब्ला पुगेपछि पुनः मतदान गराउदा प्रमुख प्रतिपक्षी दल नेकपा ऐमाले ले सहभागिता हुन नामन्जुर गरेपछि नेपाली कांग्रेस, एकिकृत समाजवादी र नेकपा माओवादि केन्द्र मतदानमा सहभागी भएका थिए ।

मतदान पुनः सुचारु गर्ने निर्णयमा नेकपा एमालेका प्रतिनिधि ले पनि हस्ताक्षर गरिसकेपछि मतदान गरिएको नेपालि कांग्रेसका प्रदेश उपसभापति बिमल कुँवरले जानकारि दिए । मतदान सम्पन्न गराई, मुचुल्का उठाई मतपेटिका साँफेबगर नगरपालिका को कार्यालयमा पुर्याएर पुनः मुचुल्का उठाएर मतपेटिका बुझिसकेपछि पुनः मतदानको निर्णय नमान्ने भन्दै कांग्रेस समाजवादी गठबन्धनले आन्दोलन समेत गरिरहेको छ । यतिखेर सर्बद्लिय बैठक बसिरहेको र मतगणना सुरु गर्ने कुरामा सहमति भैरहेको नेपाली कांग्रेस अछामका क्षेत्रिय सचिव भिम बहादुर कुँवरले जानकारी दिए ।

साँफेबगर नगरपालिका १३ बाब्लामा मतदानका क्रममा गठबन्धनले एकलौटी गरेको आरोप एमालेको छ । बाब्लामा ३४४ मत खसेको छ । १९६९ मतदाता सख्या रहेको छ ।

प्रतिक्रिया