ताजा अपडेट
तुर्माखाँद गाउँपालिकामा एमाले विजयी
अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बर विसि र उपाध्यक्षमा बिमला शाही विजयी भएका छन् । अध्यक्ष विसिले ३ हजार ५२३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन्।
उपाध्यक्षमा निर्वाचित बिमला शाहीले ३ हजार ५०१ मत पाएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अनुजा सिजापती बिष्टले ३ हजार ४५२ मत प्राप्त गरेकी छन्।
८ वडा रहेको तुर्माखाँदमा ५ कांग्रेस, २ नेकपा एमाले र १ माओवादीले जितेका छन्। वडा नं १ मा कांग्रेसका उपेन्द्र रावल, वडा नं २ मा कांग्रेसका नरेन्द्र शाही, वडा नं ३ मा एमालेका काशिराम बुढा, वडा नं ४ मा माओवादीका पदमबहादुर बिसि, वडा नं ५ मा कांग्रेसका महेन्द्रबहादुर शाही , वडा नं ६ मा कांग्रेसका टिकाराम न्यौपाने, वडा नं ७ मा कांग्रेसका भीमबहादुर चलाउने, वडा नं ८ मा एमालेका निरकबहादुर शाहीले जितेका छन्। तुर्माखाँदमा यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया