Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जिल्लाकै पहिलो महिला नगर प्रमुख बनिन अम्बिका चलाउने

जिल्लाकै पहिलो महिला नगर प्रमुख बनिन अम्बिका चलाउने

अछाम जिल्लाले पहिलो महिला नगर प्रमुख पाएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने बिजयी भएकी छन् ।

यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदुरपश्चिम सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत सहित यसपटक नगर प्रमुखमा बिजयी भएकी हुन् ।

चलाउनेले निकटतम प्रतिद्धन्दी माओवादीका राम बहादुर बिकलाई ४ सय ८१ मततन्तरले बिजयी हासिल गरिन् । बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका नन्द बहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरे ।

माजबादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ र स्वतन्त्र टंक तिमिल्सैना १ सय ५४ प्राप्त गरे ।

नगर उप प्रमुखमा समेत कांग्रेस नै बिजयी भएको छ । कांग्रेसका उम्मेद्धार हर्क बहादुर रावलले ४ हजा १ सय ८८ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।

एमालेका राजु सञज्यालले १ हजार २ र समाजवादीका कृष्णा जैसी न्यौपानेले ८ सय ७८ मत प्राप्त गरे ।

प्रतिक्रिया