Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक भएको छ । १४ वडा मध्ये वडा नं १,३,१०,१२ र १४ को नतिजा सार्बजनिक भएको हो । वडा नं १ बैद्यनाथको अध्यक्षमा स्वतन्त्र पदका उम्मेदवार नन्दसि ठकुल्ला २०७ मतका साथ विजयी भएका छन् । ठकुल्लासंग कांग्रेसका बमबहादुर शाहले २ सय र एमालेका भरत शाहले १३४ मत सहित पराजित भएका हुन् । 

त्यसैगरी वडा नं ३ सिद्धेश्वरमा नेपाली कांग्रेसका कुलबहादुर कुँवर १हजार९७ मत सहित विजयी भएका छन् । कुँवरको निकटतम प्रतिदन्द्धि एमालेका रमेश कुँवर ६०२ मत सहित पराजित भएका छन् । वडा नं १० घुघुरकोटको अध्यक्षमा ललित बोगटी ५५९ मत सहित विजयी भएका छन् । बोगटीका निटतम प्रतिदन्द्धि कांग्रेसका रेवन्त बोगटी २३ मतले पराजित भएका छन् । रेवन्तले ५३६ मत पाएका छन् । घुघुरकोटमा भने एमालेले आफ्नो स्थान सुरक्षित गरेको छ ।
वडा नं १२ खप्तडको अध्यक्षमा जनक कडायत ३३५ मत सहित विजयी भएका छन् । कडायतका प्रतिदन्द्धि एमालेका धनबहादुर कडायतले २८८ मत ल्याएर पारजित भएका छन् । जनकका आफ्नै भाई हुन् धनबहादुर । 
वडा नं १४ पातलकोटमा भने यस पटक कांग्रेसले बाजी मारेको छ । एमालेको पकड क्षेत्र मानिने पातलकोटमा कांग्रेसका सन्जु थापा ३४९ मत सहति विजयी भएका छन् । थापाका निकटतम प्रतिदन्द्धि एमालेका निवर्तमान वडा अध्यक्ष कर्णबहादुर साउद ३२७ मत सहित पराजित भएका छन् । 


 

प्रतिक्रिया