ताजा अपडेट
चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष साउँदले गरे पदभार ग्रहण
अछामको चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भिम बहादुर साउँदले पदभार ग्रहण गरेका छन् । आइतबार एक समारोहबीच अध्यक्ष साउँदले पदभार ग्रहण गरेका हुन् ।
गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका थिए । उनी नेकपा एमालेका राम बहादुर आउजीलाई हराउँदै साउँदले तीन हजार नौ सय बयाँसी मत ल्याएर विजयी भएका हुन् ।
आउजीले दुई हजार पाँच सय छ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्क बहादुर साउँदले एक हजार चार सय चौहत्तर मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु देबी खड्का निर्वाचित भइन् ।
शनिबार शपथ ग्रहण गरेका साउँदले आज पदभार ग्रहण गरे । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा एक मतले हार व्यहोरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया