Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

रामारोशन गाउँ पालिका अध्यक्ष साउदद्वारा पदभार ग्रहण

रामारोशन गाउँ पालिका अध्यक्ष साउदद्वारा पदभार ग्रहण

रामारोशन गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष मान बहादुरले साउदले सोमबार पदभारा ग्रहण गर्नु भएको छ । रामारोशन गाउँ पालिकाको मुजाबगरमा एक कार्यक्रम का बिच आफ्नो कार्यकक्षमा साउदले पदभार ग्रहण गर्नु भएको कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनुभएको छ । रामारोशन गाउँ पालिका निवर्तमान उपाध्यक्ष सरस्वती रावलको उपस्थितिमा भएको पदभार कार्यक्रममा नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य अनुराधा स्वार रावल, रामारोशन गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लेखा अधिकृत झनक प्रसाद न्यौपाने पुर्व क्षेत्रपाल धर्मराज न्यौपाने , कांग्रेस क्षेत्रिय सचिव पुर्ण बिक,रामारोशन गाउँ पालिका वडा न. ४ का निवर्तमान वडा अध्यक्ष केश ब बटाला नेपाली कांग्रेस प्रदेश उपसभापति गोपिप्रसाद खनाल सदस्य दल साउद ,ललिता खत्री नेकपा एमाले नेता भरत अयडि रामारोशन गाउँ पालिका आन्तरिक लेखापरीक्षक जनक रिमाल प्रविधिक गोकुल देवकोटा प्रहरी चौकी शान्तडा इन्चार्ज, एमाले का नेता देवेन्द्र भण्डारी लगायत अन्य निर्वाचित प्रतिनिधि को पनि सहभागीता रहेको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष साउदले विगत १० बर्षिय द्वन्द तथा अन्य कारणले लालपुर्जा बिहिन रामारोशनका जनतालाई लालपुर्जा वितरण का लागि बिशेष पहल गर्ने र द्वन्दले गर्दा राज्य र बिद्रोही दुबै पक्षबाट पिडित रामार‍ोशनका जनता का लागि सक्ने राहतको व्यवस्था गर्ने निर्णय गर्नु भएको छ । यसका साथै उहाँको ले आफू रामारोशनको सुशासन र समृद्धि र पर्यटन बिकास लागि अवरात्र खटिएर लाग्ने बताउनुभएको छ । बाढी बाट प्रभावित नागरिकलाई प्रभावकारी राहत तथा सुरक्षित बस्ती निर्माणका पहिलो प्राथमिकता दिदै यसका लागि सबै निकाय संग सहयोग का लागि पहल गर्ने समेत बताउनुभएको छ। साउद बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ३१२७ मत सहित नेपाली कांग्रेसको तर्फबाट पालिकन अध्यक्ष मा निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया