Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रामारोशन गाउँ पालिका अध्यक्ष साउदद्वारा पदभार ग्रहण

रामारोशन गाउँ पालिका अध्यक्ष साउदद्वारा पदभार ग्रहण

रामारोशन गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष मान बहादुरले साउदले सोमबार पदभारा ग्रहण गर्नु भएको छ । रामारोशन गाउँ पालिकाको मुजाबगरमा एक कार्यक्रम का बिच आफ्नो कार्यकक्षमा साउदले पदभार ग्रहण गर्नु भएको कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनुभएको छ । रामारोशन गाउँ पालिका निवर्तमान उपाध्यक्ष सरस्वती रावलको उपस्थितिमा भएको पदभार कार्यक्रममा नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य अनुराधा स्वार रावल, रामारोशन गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लेखा अधिकृत झनक प्रसाद न्यौपाने पुर्व क्षेत्रपाल धर्मराज न्यौपाने , कांग्रेस क्षेत्रिय सचिव पुर्ण बिक,रामारोशन गाउँ पालिका वडा न. ४ का निवर्तमान वडा अध्यक्ष केश ब बटाला नेपाली कांग्रेस प्रदेश उपसभापति गोपिप्रसाद खनाल सदस्य दल साउद ,ललिता खत्री नेकपा एमाले नेता भरत अयडि रामारोशन गाउँ पालिका आन्तरिक लेखापरीक्षक जनक रिमाल प्रविधिक गोकुल देवकोटा प्रहरी चौकी शान्तडा इन्चार्ज, एमाले का नेता देवेन्द्र भण्डारी लगायत अन्य निर्वाचित प्रतिनिधि को पनि सहभागीता रहेको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष साउदले विगत १० बर्षिय द्वन्द तथा अन्य कारणले लालपुर्जा बिहिन रामारोशनका जनतालाई लालपुर्जा वितरण का लागि बिशेष पहल गर्ने र द्वन्दले गर्दा राज्य र बिद्रोही दुबै पक्षबाट पिडित रामार‍ोशनका जनता का लागि सक्ने राहतको व्यवस्था गर्ने निर्णय गर्नु भएको छ । यसका साथै उहाँको ले आफू रामारोशनको सुशासन र समृद्धि र पर्यटन बिकास लागि अवरात्र खटिएर लाग्ने बताउनुभएको छ । बाढी बाट प्रभावित नागरिकलाई प्रभावकारी राहत तथा सुरक्षित बस्ती निर्माणका पहिलो प्राथमिकता दिदै यसका लागि सबै निकाय संग सहयोग का लागि पहल गर्ने समेत बताउनुभएको छ। साउद बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ३१२७ मत सहित नेपाली कांग्रेसको तर्फबाट पालिकन अध्यक्ष मा निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया