ताजा अपडेट
साँफेबगर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका राजेन्द्र कुँवर विजयि
अछामको साँफेबगर नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर ७ हजार २६५ मतमा साथ विजयी भएका हुन् । कुँवरका निकटतम प्रतिद्धवन्दि नेकपा एमालेकि पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।
नगर उपप्रमुखमा नेकपा एकिकृत समाजवादीका शिव बहादुर कुँवर (शिलोज) विजयी भएका छन् । उनले ६ हजार ४३४ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत प्रात गरेका छन् ।
साँफेबगर नगरपालिकाका १४ वडा मध्य वडा नं १ स्वतन्त्र उम्मेदवार नन्द सिंह ठकुल्ला, वडा नं २ मा नेपाली कांग्रेसका सेत बहादुर कुँवर, वडा नं ३ मा नेपाली कांग्रेसका कुल बहादुर कुँवर, वडा नं. ४ मा नेपाली कांग्रेसका नवराज बुढा, वडा न ५ मा नेपाली कांग्रेसका मक्र कुँवर, वडा नं. ६ मा स्वतन्त्रका मिन बहादुर बोहरा, वडा नं. ७ मा नेपाली कांग्रेसका हिक्मत कडायत, वडा नं. ८ मा नेपाली कांग्रेसका कालु सिंह कुँवर, वडा नं. ९ मा नेकपा एकिकृत समाजवादीका दिपक कुँवर, वडा नं. १० मा नेकपा एमालेका ललित बोगटी, वडा नं. ११ मा नेकपा एमालेका राम बहादुर बोहरा, वडा नं. १२ मा नेपाली कांग्रेसका जनक कडायत, वडा नं. १३ मा नेकपा एमालेका रुप बहादुर कुँवर र वडा नं. १४ मा नेपाली कांग्रेसका सन्जु साउँद वडा अध्यक्षमा विजयि भएका छन् ।
यसअघिको निर्वाचनमा नगरपालिकापालिका प्रमुख र उपप्रमुख सहित ८ वडा नेकपा एमालेले जितेको थियो भने ६ वडा नेपाली कांग्रेसले जितेका थियो । यो पटकको निर्वाचनमा भने नगर प्रमुख सहित ८ वडा नेपाली कांग्रेस, ३ वडा नेकपा एमाले, उपप्रमुख सहित १ वडा नेकपा एकिकृत समाजवादी र २ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया