Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भिम रावलको निर्वाचन क्षेत्रमा एमालले एक उपाध्यक्ष मात्रै जित्यो

भिम रावलको निर्वाचन क्षेत्रमा एमालले एक उपाध्यक्ष मात्रै जित्यो

दश स्थानीय तह भएको अछामको अन्तिम नतिजा सोमबार साँझ सार्वजनिक भयो । पाँच वर्षअघि भएको स्थानीय तहको निर्वााचनको तुलनामा हालै सम्पन्न निर्वाचनमा अछामको नतिजा रोचक र फरक देखियो । नेकपा एमालेले फुटपछि पहिलो स्थानीय निर्वाचन सामाना गर्यो र क्षेती पनि भयो । सबैभन्दा धेरै फाइदा ७ वटा प्रमुख पद जितेर नेपाली कांग्रेसले लियो । माओवादी केन्द्रले पाँच वर्षअघि जितेका पालिका पनि गुमायो । माओवादीको लालकिल्लाको रुपमा चिनिने रामारोशन गाउँपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा गएर एतिहासिक नतिजा प्राप्त गर्न सफल भयो ।

हालै सम्पन्न निवार्चनमा अछामबाट प्रतिनिधित्व गरेर राष्ट्रिय नेताको छवी बनाएका भिम रावल भने निकै कमजोर देखिए ।  अछामका दुई वटा निर्वाचन क्षेत्र मध्ये उनको निर्वाचन क्षेत्र नम्बर १ हो । यहाँ १ नगरपालिका र  ४ वटा गाउँपालिका  पर्दछन् । चुनावको बेला आफैं घरदैलोदेखि चुनावी आमसभामा गएपनि यो पटक अछामका कुनै पनि पालिकामा भिम रावलको प्रभाव देखिएन ।  रावलको आफ्नै निर्वाचन क्षेत्रका पाँच पालिका मध्ये बान्नीगढी जयगढ गाउँपालिकामा उपाध्यक्षमा एक पद मात्र जित्न सफल भयो एमाले । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ५ पालिकामा एक उपाध्यक्ष मात्रै एमालले जितेपछि भिम रावलको आगामि राजनिती के हुन्छ भन्ने बारे प्रश्न उठ्न थालेका छन् ।

साँफेबगर नगरपालिका ६– भाग्यश्वर नेता रावलको वडा हो । यहाँ एमालेको एउटा टिम र स्वतन्त्र अर्को टिम चुनावी मैदानमा थिए । वर्षौंदेखि एकछत्र नेतृत्व गर्दै आएको एमालेलाई स्वतन्त्र टिमले धक्का दियो र गोलाप्रथाबाट स्वतन्त्रले जित्यो । आफ्नै वडाबाट पराजय भोग्दै ,नगर र क्षेत्रसम्म एमाले पराजित भएपछि नेता रावलको नेतृत्व शैली प्रति प्रश्न उठ्न थालेका छन् ।

कुनै बेला नेता रावलको निकट सारथिको रुपमा रहेका नेकपा एमालेका तत्कालिन अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँर , एमालेका तत्कालिन प्रभावशाली नेता एवं साँफेबगर नगरपालिकाका निर्वतमान मेयर कुलबहादुर कुवँर, एमालेका तत्कालिन नेता एवं हालै साँफेबगर नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित शिलोज कुवँरले नेता रावलको साथ छोडेर नेकपा एकीकृत समाजवादी तर्फ लागेपछि रावल उनको क्षेत्रमा एक्लिएका छन् ।

उसो त केहि समयअघि सम्पन्न भएको नेकपा एमालेको जिल्ला अधिवेशनमै नेता रावल कमजोर देखिए । उनी एमालेको जिल्ला अधिवेशनमासमेत देखा परेनन् । एमालेको जिल्ला अधिवेशनमा एमालेका अध्यक्ष केपि शर्मा ओली निटकको चन्द्र बोहरा प्यानल र एमाले नेता रावल निकटको प्रकाश शाह प्यानाल चुनावी मैदानमा प्रतिस्पर्धा गरे । अन्ततः ओली निकटका बोहरा जिल्ला अध्यक्ष बने । यसरी जिल्लाको नेतृवमासमेत प्रभाव कम हुँदै हालै सम्पन्न निर्वाचनमा उनकै क्षेत्रमा लज्जास्पद हार बेहोररेको छ । निकट भविष्यमै हुने  प्रतिनिधि सभाको निर्वाचनलाई रावलकै शुभचिन्तकले पनि उनको अग्नि परिक्षको रुपमा हेर्न थालेका छन् ।


 

प्रतिक्रिया