ताजा अपडेट
खराब माैसमका कारण बेपत्ता जहाजको खोजी स्थगित
आइतबार विहानदेखि बेपत्ता भएको तारा एयरको जहाज मौसम नखुलेका कारण खोजी स्थगीत भएको छ ।
अहिले सम्भावित घटनास्थल तर्फ नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको छ । तर ट्वाक्कै घटनास्थल अझै पत्ता लागेको छैन ।
मुस्ताङ क्षेत्रमा मौसम खराव भएका कारण खोजी र उद्धार कार्य स्थगीत भएको छ । आर्मी सहितको टोली कोवाङ पुगेर बसेको छ । केही स्थानीय र प्रहरी भने मानापाथी हिमालको फेदीतर्फ लागेका छन् । सोमबार विहानैदेखि घटनास्थल तर्फ लाग्ने प्रहरीले जनाएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा १० बजेदेखि सम्पर्क विहिन भएको थियो । आइतबार दिनभरी खोजी गर्दा समेत ठाउँ पत्ता लागेको छैन । जहाजमा चालक दल सहित २२ जना सवार छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया