Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रेस युनियनमा भाग पाएपछि आफैंले तोकेको जेठ २८-२९ को मिति सार्न विद्रोही समूह सहमत

प्रेस युनियनमा भाग पाएपछि आफैंले तोकेको जेठ २८-२९ को मिति सार्न विद्रोही समूह सहमत

नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएको भन्दै विद्रोह गरी समानान्तर कार्यक्रममार्फत आफैं महाधिवेशनको मिति तोकेको विद्रोही समूहले पनि मिति सारेको छ। यसअघि जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा प्रेस युनियनमा गरेको औपचारिक कार्यक्रम बहिष्कार गर्दै सोही दिन बिहान विशेष भेला नाम दिएर शिव लम्सालसहितको टोलीले महाधिवेशनको मिति तोकेका थिए।

उनीहरुले उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि बनाउँदै जेठ २८ र २९ गते काठमाडौंस्थित कार्की ब्यांक्वेटमा महाधिवेशन गर्ने निर्णय गरेका थिए। तर, उक्त निर्णयको पछाडिको कारण भने केही भाग खोज्‍नु रहेको खुलेको छ। 

उनीहरुले जेठ १५ गते अध्यक्ष बद्री सिग्देलको टिमसँग आफूलाई केही भाग दिए आफैंले तोकेको महाधिवेशनको मिति सार्न तयार रहेको बताएका थिए। उक्त आग्रहपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले लम्साल नेतृत्वको टिमलाई एक सचिवालय सदस्यसहितका केही सदस्यहरु थप गर्ने सहमति गरेको थियो। जसमा सचिवालय सदस्यमा यसअघि सचिवबाट राजीनामा दिएका खिला कार्की, सदस्यमा दिलिप पौडेल, नकुल अर्याल थप गरिएका छन्। विधान समितिमा रमेश वाग्ले र जीवन भण्डारीलाई थप गरिएको छ। तर, यसअघि विद्रोही समूहले तोकेको महाधिवेशन आयोजक समितिकी संयोजकलाई भने कहीँ पनि समावेश गरिएको छैन्।

यससँगै विद्रोही टिमो संयोजन गरिरहेका लम्सलाले आफूलाई युनियनको महाधिवेशन उद्घाटन सत्रमा मन्तव्य राख्‍न पाउनुपर्ने माग गरेका थिए। उक्त माग पनि सम्बोधन हुने भएपछि आफैंले तोकेको महाधिवेशन करिब डेढ महिना सार्न तयार भएका हुन्। 

त्यसैगरी संस्थापन समूह पनि युनियनको एकताका लागि भदौ २१ र २२ मा तोकेको महाधिवेशन साउन ६-७ गते गर्ने सहमत भएको हो।  

लोक कलम बाट 

प्रतिक्रिया