Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नगर प्रमुख कुँवरको पहिलो काम, साँफेबगर बसपार्कका जग्गाधनिले भोलिबाटै मुआब्जा पाउने

नगर प्रमुख कुँवरको पहिलो काम, साँफेबगर बसपार्कका जग्गाधनिले भोलिबाटै मुआब्जा पाउने

आ.ब. ०७२/०७३ देखिनै सुरुवात भएपनि अघि बढ्न नसकेको साँफेबगरको बसपार्कको का नव निर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो कार्यकालको सुरुवातमै अघि बढाउने भएका छन् । 

साँफेबगर नगरपालिकाको हाटबजारमा निर्माण हुने बसपार्कमा जग्गा पर्ने  १९ घरधुरीले मुवाब्जा पाउने भएका छन् । जग्गा मुवाब्जाकै कुरा नमिलेर ७ बर्षदेखि रोकिएको कामलाई नगर प्रमुखले पदभार ग्रहण गर्ने बित्तिकै सुरुवात गरेका हुन । १४२४२ वर्गमिटरमा तयार गरीने आधुनिक प्रविधिको बृहत बसपार्क  नयाँ शहर र साँफेबगर नगरपालिकाको गौरवको योजना पनि हो ।

पदभारकै दिनबाट साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले नयाँ शहर र जिल्ला मालपोत कार्यालय संग सहकार्य गरेर साँफेबगरमा निर्माण गरीने बृहत बसपार्क योजना को काम यथासिघ्र संचालन गर्ने निर्णय गरेका हुन् ।

आज जग्गा मुआब्जा सम्झौता भयो भोलि नयाँ शहर  आयोजना कार्यालयले विज्ञापन गर्नेछ र भोलिकै मितीबाट रकम हस्तान्तरणको काम अघाडि बढाईने नयाँ शहर आयोजना कार्यालयका ईन्जिनियर ललित बुढाले बताए ।

कुर्चिमा बसिसकेपछि मुखले भन्दानि काम बोल्नुपर्छ  भन्ने मान्यता आफुले सदैव अनुसरण गर्दै आएको र साँफेबगर नगरपालिकाको विकाश र सम्बृद्धिका लागि आफु हर सम्भव कोशिसका साथ लागिपर्ने नगर प्रमुख राजेन्द बहादुर कुँवरले बताए ।

नयाँ सहर साँफेबगर अन्तर्गत ठूलो आयोजनाको रूपमा रहेको बसपार्क निर्माण प्रक्रियाको पहिलो चरणको काम ७ वर्षपछि सुरु हुन लागेको साँफेबगर नगर विकास समितिका पूर्व अध्यक्ष मोहन कुँवरले बताए । नयाँ सहरको अवधारणा लागु भएदेखि नै अथक मेहनत गरिरहेका कुँवरले लामो समयपछि जग्गा मुआब्जाको प्रक्रियामा गएकोमा सहयोग गर्ने सबै सरोकारवालाई धन्यवाद दिए ।

साँफेवगर नगरपालिकाको मुहार नै फेरिने ठूलो आयोजना सफल पार्नको लागि सरोकारवाला , स्थानीय र तिनै तहका सरकारले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए । बसपार्क निर्माणका लागि नयाँ सहरले पहिल्यैदेखि अधिकरणको प्रयास गरेपनि नगरमा राजेन्द्र कुँवरको नेतृत्व आएपछि सफल भएको उनको भनाइ छ ।

कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख शिब बहादुर कुँवर शिलोज, नेपाली कांग्रेसका महासमिती सदस्य राजन कुँवर, नेकपा एमालेका प्रती निधी त्रैलोक्य कुँवर जग्गा धनी हिक्मत कुँवर र शिब बहादुर कुँवर लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया