Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

किशोर मृत फेला परेपछि अछामको विनायक क्षेत्र तनावग्रस्त

किशोर मृत फेला परेपछि अछामको विनायक क्षेत्र तनावग्रस्त

अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

मृतक शाही एमाले निकट भएकाले घटनाले राजनैतिक रुप लिएको छ । एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।

‘शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान दिएका छैनन् ’ प्रजिअ मरासेनीले भने ,‘प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड पनि भएको छ । अवस्था सामान्य बन्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेर लास उठाउन त के हेर्न समेत पाएका छैनन् ।’

केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । अहिले एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन् । प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ