Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जिसस अछाममा कांग्रेस विजयी

जिसस अछाममा कांग्रेस विजयी

जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका ललित कुँवर र उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही विजयी भएका छन् । साँफेबगर नगरपालिका–८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका–६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा कांग्रेसका दानमति बम शाहीले १२ मत ल्याई विजयी हुँदा एमालेका पुतलीदेवी रावलले ६ मत ल्याइन् । सदस्यहरुमा कांग्रेसका चक्राकुमारी रावल, लक्ष्मी स्वर्णाकार, सीता भण्डारी, द्वारिकाप्रसाद उपाध्याय, नरेन्द्रबहादुर कुवँर (एन प्रताप) र पूर्णबहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलित सदस्यमा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल भएका छन् । एमालेको ६ मत भए पनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका हुन् । १० पालिकाका २० मत रहेको अछाममा १८ मतमात्रै खसेका थिए । २० मतमध्ये कांग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेका छन् ।

प्रतिक्रिया