ताजा अपडेट
जिसस अछाममा कांग्रेस विजयी
जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका ललित कुँवर र उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही विजयी भएका छन् । साँफेबगर नगरपालिका–८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका–६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।
यसैगरी उपप्रमुखमा कांग्रेसका दानमति बम शाहीले १२ मत ल्याई विजयी हुँदा एमालेका पुतलीदेवी रावलले ६ मत ल्याइन् । सदस्यहरुमा कांग्रेसका चक्राकुमारी रावल, लक्ष्मी स्वर्णाकार, सीता भण्डारी, द्वारिकाप्रसाद उपाध्याय, नरेन्द्रबहादुर कुवँर (एन प्रताप) र पूर्णबहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित सदस्यमा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल भएका छन् । एमालेको ६ मत भए पनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका हुन् । १० पालिकाका २० मत रहेको अछाममा १८ मतमात्रै खसेका थिए । २० मतमध्ये कांग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया