Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरमा बल्याक एन्जल्स एफ.सि.ले गर्यो वृक्षरोपण र सरसफाई

साँफेबगरमा बल्याक एन्जल्स एफ.सि.ले गर्यो वृक्षरोपण र सरसफाई

बल्याक एन्जल्स फुटबल क्लब साफेबगरले साँफेबगरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।  बल्याक एन्जल्स युवा क्लब साफेबगरको आयोजनामा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रम साँफेबगर नगरपालिकाको हाटबजार क्षेत्रमा गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले जानकारी दिए ।

साँफेबगरलाई स्वच्छ र हराभरा नगर बनाउन आफुहरुले आफ्नो तर्फबाट साँफेबगरमा सरसफाई र वृक्षरोपण गरेको क्लबका उपाध्यक्ष जर्ज कडायतले बताए ।

पछिल्लो समय  साँफेबगरमा रक्तदान, विपन्न लाई सहयोग र खेलकुद कार्यक्रम आयोजना गर्दै सक्रिय भएको बल्याक एन्जल्स फुटबल क्लबले यो पटक भने कुनै बाह्य सहयोग बिना नै आफ्नै खर्चमा सरसफाई र वृक्षरोपण गरेको क्लबका अध्यक्ष दशरथ कुँवरले बताए ।

बल्याक एन्जल्स युवा क्लब साफेबगरले दुई वर्ष अघि जेष्ठमा कोरोना कहरको समयमा साफेबगर नगरपालिका ३  नवराज ओडको घर निर्माण गरेको थियो । सदैव समाजमा एक पछी अर्को उदाहारणिय कार्य गर्दै आईरहेका युवाहरुले आगामी दिनमा पनि समाजमा आवश्यक परका हरेक क्षेत्रमा आफूहरुबाट हुनसक्ने सहयोगका लागि आफुहरु तयार रहेको बताए ।

ब्लयाक एन्जल्स युवा क्लबले गरेको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा नगर स्तरीय युवा संजालका अध्यक्ष योगश कुँवर,  ब्लयाक एन्जल्स युवा क्लबका अध्यक्ष दशरथ कुँवर, बरिष्ठ उपाध्यक्ष जर्ज कडायत, उपाध्यक्ष आभा मण्डल कुँवर, सचिव गोपाल कुँवर, सह सचिव संगित कुँवर, बर्षा स्वाँर, कोषध्यक्ष लोकजन बोगटि सदस्यहरु अशोक कुँवर, अशोक स्वाँर, विक्रम कुँवर, गोविन्द कुवँर र बिमल कुँवर लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया