Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

साँफेबगरमा बल्याक एन्जल्स एफ.सि.ले गर्यो वृक्षरोपण र सरसफाई

साँफेबगरमा बल्याक एन्जल्स एफ.सि.ले गर्यो वृक्षरोपण र सरसफाई

बल्याक एन्जल्स फुटबल क्लब साफेबगरले साँफेबगरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।  बल्याक एन्जल्स युवा क्लब साफेबगरको आयोजनामा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रम साँफेबगर नगरपालिकाको हाटबजार क्षेत्रमा गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले जानकारी दिए ।

साँफेबगरलाई स्वच्छ र हराभरा नगर बनाउन आफुहरुले आफ्नो तर्फबाट साँफेबगरमा सरसफाई र वृक्षरोपण गरेको क्लबका उपाध्यक्ष जर्ज कडायतले बताए ।

पछिल्लो समय  साँफेबगरमा रक्तदान, विपन्न लाई सहयोग र खेलकुद कार्यक्रम आयोजना गर्दै सक्रिय भएको बल्याक एन्जल्स फुटबल क्लबले यो पटक भने कुनै बाह्य सहयोग बिना नै आफ्नै खर्चमा सरसफाई र वृक्षरोपण गरेको क्लबका अध्यक्ष दशरथ कुँवरले बताए ।

बल्याक एन्जल्स युवा क्लब साफेबगरले दुई वर्ष अघि जेष्ठमा कोरोना कहरको समयमा साफेबगर नगरपालिका ३  नवराज ओडको घर निर्माण गरेको थियो । सदैव समाजमा एक पछी अर्को उदाहारणिय कार्य गर्दै आईरहेका युवाहरुले आगामी दिनमा पनि समाजमा आवश्यक परका हरेक क्षेत्रमा आफूहरुबाट हुनसक्ने सहयोगका लागि आफुहरु तयार रहेको बताए ।

ब्लयाक एन्जल्स युवा क्लबले गरेको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा नगर स्तरीय युवा संजालका अध्यक्ष योगश कुँवर,  ब्लयाक एन्जल्स युवा क्लबका अध्यक्ष दशरथ कुँवर, बरिष्ठ उपाध्यक्ष जर्ज कडायत, उपाध्यक्ष आभा मण्डल कुँवर, सचिव गोपाल कुँवर, सह सचिव संगित कुँवर, बर्षा स्वाँर, कोषध्यक्ष लोकजन बोगटि सदस्यहरु अशोक कुँवर, अशोक स्वाँर, विक्रम कुँवर, गोविन्द कुवँर र बिमल कुँवर लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया