Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरमा निर्माण गरिने आधुनिक प्रविधिको बृहत बसपार्कको जग्गा मुवाब्जा रकम हस्तारण सुरु

साँफेबगरमा निर्माण गरिने आधुनिक प्रविधिको बृहत बसपार्कको जग्गा मुवाब्जा रकम हस्तारण सुरु

आ.ब. ०७२/०७३ देखिनै सुरुवात भएपनि अघि बढ्न नसकेको साँफेबगरको बसपार्कको का नव निर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो कार्यकालको सुरुवातमै अघि बढाएका छन् । 

साँफेबगर नगरपालिकाको हाटबजारमा निर्माण हुने बसपार्कमा जग्गा पर्ने  १९ घरधुरीले मुवाब्जा पाउने काम आज बाट सुरु भएको छ । जग्गा मुवाब्जाकै कुरा नमिलेर ७ बर्षदेखि रोकिएको कामलाई नगर प्रमुखले पदभार ग्रहण गर्ने बित्तिकै सुरुवात गरेका हुन । १४२४२ वर्गमिटरमा तयार गरीने आधुनिक प्रविधिको बृहत बसपार्क  नयाँ शहर र साँफेबगर नगरपालिकाको गौरवको योजना पनि हो ।

पदभारकै दिनबाट साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले नयाँ शहर र जिल्ला मालपोत कार्यालय संग सहकार्य गरेर साँफेबगरमा निर्माण गरीने बृहत बसपार्क योजनाको काम यथासिघ्र संचालन गर्ने निर्णय गरेका हुन् ।

आजबाट जग्गा मुआब्जा रकम हस्तान्तरणको काम थालनि भयो अब छिट्टै साँफेबगरमा निर्माण गरीने बृहत बसपार्क निर्माणको काम अघि बढ्ने  ललित बुढाले बताए ।

कुर्चिमा बसिसकेपछि मुखले भन्दानि काम बोल्नुपर्छ  भन्ने मान्यता आफुले सदैव अनुसरण गर्दै आएको र साँफेबगर नगरपालिकाको विकाश र सम्बृद्धिका लागि आफु हर सम्भव कोशिसका साथ लागिपर्ने नगर प्रमुख राजेन्द बहादुर कुँवरले बताए ।

नयाँ सहर साँफेबगर अन्तर्गत ठूलो आयोजनाको रूपमा रहेको बसपार्क निर्माण प्रक्रियाको पहिलो चरणको काम ७ वर्षपछि सुरु हुन लागेको साँफेबगर नगर विकास समितिका पूर्व अध्यक्ष मोहन कुँवरले बताए । नयाँ सहरको अवधारणा लागु भएदेखि नै अथक मेहनत गरिरहेका कुँवरले लामो समयपछि जग्गा मुआब्जाको प्रक्रियामा गएकोमा सहयोग गर्ने सबै सरोकारवालाई धन्यवाद दिए ।

साँफेवगर नगरपालिकाको मुहार नै फेरिने ठूलो आयोजना सफल पार्नको लागि सरोकारवाला , स्थानीय र तिनै तहका सरकारले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए । बसपार्क निर्माणका लागि नयाँ सहरले पहिल्यैदेखि अधिकरणको प्रयास गरेपनि नगरमा राजेन्द्र कुँवरको नेतृत्व आएपछि सफल भएको उनको भनाइ छ ।

कार्यक्रममा साँफेबगर नगरपालिकाका साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर , साँफेबगर नगरपालिका वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष एवम् नेपाली कांग्रेसका क्षेत्रिय सभापति कृष्ण बहादुर बुढा, साँफेबगर नगर विकास समितिका पूर्व अध्यक्ष मोहन कुँवर, नयाँ शहर साँफेबगरका प्रमुख घनश्याम श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया