Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

साँफेबगरमा निर्माण गरिने आधुनिक प्रविधिको बृहत बसपार्कको जग्गा मुवाब्जा रकम हस्तारण सुरु

साँफेबगरमा निर्माण गरिने आधुनिक प्रविधिको बृहत बसपार्कको जग्गा मुवाब्जा रकम हस्तारण सुरु

आ.ब. ०७२/०७३ देखिनै सुरुवात भएपनि अघि बढ्न नसकेको साँफेबगरको बसपार्कको का नव निर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो कार्यकालको सुरुवातमै अघि बढाएका छन् । 

साँफेबगर नगरपालिकाको हाटबजारमा निर्माण हुने बसपार्कमा जग्गा पर्ने  १९ घरधुरीले मुवाब्जा पाउने काम आज बाट सुरु भएको छ । जग्गा मुवाब्जाकै कुरा नमिलेर ७ बर्षदेखि रोकिएको कामलाई नगर प्रमुखले पदभार ग्रहण गर्ने बित्तिकै सुरुवात गरेका हुन । १४२४२ वर्गमिटरमा तयार गरीने आधुनिक प्रविधिको बृहत बसपार्क  नयाँ शहर र साँफेबगर नगरपालिकाको गौरवको योजना पनि हो ।

पदभारकै दिनबाट साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले नयाँ शहर र जिल्ला मालपोत कार्यालय संग सहकार्य गरेर साँफेबगरमा निर्माण गरीने बृहत बसपार्क योजनाको काम यथासिघ्र संचालन गर्ने निर्णय गरेका हुन् ।

आजबाट जग्गा मुआब्जा रकम हस्तान्तरणको काम थालनि भयो अब छिट्टै साँफेबगरमा निर्माण गरीने बृहत बसपार्क निर्माणको काम अघि बढ्ने  ललित बुढाले बताए ।

कुर्चिमा बसिसकेपछि मुखले भन्दानि काम बोल्नुपर्छ  भन्ने मान्यता आफुले सदैव अनुसरण गर्दै आएको र साँफेबगर नगरपालिकाको विकाश र सम्बृद्धिका लागि आफु हर सम्भव कोशिसका साथ लागिपर्ने नगर प्रमुख राजेन्द बहादुर कुँवरले बताए ।

नयाँ सहर साँफेबगर अन्तर्गत ठूलो आयोजनाको रूपमा रहेको बसपार्क निर्माण प्रक्रियाको पहिलो चरणको काम ७ वर्षपछि सुरु हुन लागेको साँफेबगर नगर विकास समितिका पूर्व अध्यक्ष मोहन कुँवरले बताए । नयाँ सहरको अवधारणा लागु भएदेखि नै अथक मेहनत गरिरहेका कुँवरले लामो समयपछि जग्गा मुआब्जाको प्रक्रियामा गएकोमा सहयोग गर्ने सबै सरोकारवालाई धन्यवाद दिए ।

साँफेवगर नगरपालिकाको मुहार नै फेरिने ठूलो आयोजना सफल पार्नको लागि सरोकारवाला , स्थानीय र तिनै तहका सरकारले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए । बसपार्क निर्माणका लागि नयाँ सहरले पहिल्यैदेखि अधिकरणको प्रयास गरेपनि नगरमा राजेन्द्र कुँवरको नेतृत्व आएपछि सफल भएको उनको भनाइ छ ।

कार्यक्रममा साँफेबगर नगरपालिकाका साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर , साँफेबगर नगरपालिका वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष एवम् नेपाली कांग्रेसका क्षेत्रिय सभापति कृष्ण बहादुर बुढा, साँफेबगर नगर विकास समितिका पूर्व अध्यक्ष मोहन कुँवर, नयाँ शहर साँफेबगरका प्रमुख घनश्याम श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया