Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक - पुर्ण पाठ सहित

मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक - पुर्ण पाठ सहित

शिक्षा,स्वास्थ्य,कृषि लाई विषेश प्राथमिकतामा राख्दै अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बोहराले आज निति तथा कार्यक्रम कार्यपालिका समक्ष प्रस्तुत गर्नुभएको हो ।

दोस्रो कार्यकालका लागी नगर प्रमुखमा दोहोरीनु भएको प्रमुख बोहराले आफ्नो यो कार्यकालमा पनि जनताका आवश्यकताका कामहरुलाई अगाडी बढाउने बताए । मंगलसेन नगरपालिकामा शिक्षाको गुणस्तरलाई थप सुधार गरि जीवनउपयोगी शिक्षालाई अगाडी बढाउन शिक्षाका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने उनले बताए ।

नगरका १४ वडै वडामा बिद्यालयका भौतिक संरचनाहरुलाई सुधार गर्ने,सबै बिद्यालयहरुमा ईन्टरनेटको ब्यवस्था मिलाई प्रबिधिमैत्रि शिक्षामा जोड दिने,नगरमा रहेका २ वटै बहुमुखि क्याम्पसहरुको स्तरबृद्धिका लागी अनुदानको ब्यवस्था मिलाउने,बाँकी रहेका बिद्यालयहरुमा आईसिटिको ब्यवस्था गर्ने लगाएतका कार्यक्रमहरु निति तथा कार्यक्रममा समेटीएका छन ।

यस्तै जेहेनदार बिद्यार्थिहरुलाई छात्रबृतिको ब्यवस्था गर्ने,बिभिन्न विषयमा खोजमुलक कार्यक्रम गर्ने ब्यक्तिलाई प्रोत्साहन स्वरुप पुरस्कारको ब्यवस्था गर्ने,नगरपालिका भित्र दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन खाजा घरको ब्यवस्था गर्ने,बालशिक्षालाई गुणस्तरीय बनाउन एक वडा एक नमुना बाल बिकास केन्द्र स्थापना गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

स्थानिय भाषा,कला,लोक सँस्कृतिलाई संरक्षण गरिने,युवाहरुलाई बिदेशिन नदिन युवालक्षित कार्यक्रमहरु सञ्चालन गरिने,महिनावारी व्यवस्थापनका लागी आवश्यक कार्यक्रम अघि बढाईने,फरक क्षमता भएका ब्यक्तिहरुको लागी उनिहरुको क्षमता विकास गर्न आवश्यक कार्यक्रमहरु अघि बढाईने निति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार गरि हरेक नागरिकलाई स्वस्थ्य राख्न स्वास्थ्यका क्षेत्रमा आवयक कार्यक्रमहरु अघि बढाईने,स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी उक्त कार्यक्रमलाई टोल स्तरसम्मै सञ्चालन गर्ने,आर्थिक अवस्था कमजोर भएका,दिर्घरोगिहरुको निशुल्क स्वास्थ्य विमा गरिने लगाएतका कार्यक्रमहरु समेटिएका छन ।

कृषिक्षेत्रलाई थप चलायमान बनाउनका लागी “एक घर करेसाबारी,पोषणयुक्त नगरबासी” भन्ने नारालाई सफल पार्नका लागी बहुक्षेत्रिय पोषण योजनलाई निरन्तरता दिईने पनि निति तथा कार्यक्रममा उल्लेख छ । यसका साथै बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने आमालाई पोषण भत्ताको ब्यवस्था गरिने,आधारभुत स्वास्थ्य सेवालाई नागरिकस्त सम्म लैजानका लागी यसको नियमन,अनुगमन प्रभावकारी रुपमा गर्ने,नगरपालिका भित्रका प्रत्येक सरकारी कार्यालयहरुमा स्तनपान कक्ष निर्माणको कामलाई अघि बढाईने,सुत्केरी तथा गर्भवती आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नगरका २ स्थान (वडा नः १२ को छापडाँडा र १३ को बस्ति) मा हेली प्याडको निर्माण गरिने,जेष्ठ नागरिकको सम्मान कार्यक्रमलाई निरन्तरता दिईने लगाएतका कार्यक्रम पनि उल्लेख गरिएको छ ।

नगरक्षेत्रभित्र रहेका मसानघाटहरुमा प्रतिक्षालय निर्माण गर्ने,अछाम दरबारको निर्माणका कार्य पुरा गर्न लगाई पर्यटन प्रबद्धनमा सहयोग गर्ने,पुरातात्विक सम्पदाहरुको संरक्षण गरिने,बिद्युतको पहुँचमा जोडिन बाँकि वडा नः १३ मा बिद्युत बिस्तार गर्ने र प्रत्येक वडाका बाँकि टोलहरुमा बिद्युत बिस्तार गरिने लगाएतका कार्यक्रमहरु निति तथा कार्यक्रममा समाबेश छन ।

 

पुर्बाधार क्षेत्र अन्तरगत मंगलसेन–बस्ति,मंगलसेन–कालागाँउ सडकलाई कालोपत्रे गर्न संघिय सरकार र प्रदेश सरकारंग समन्वय गर्ने,बिद्युत,सञ्चार,खानेपानी तथा अन्य विकासका पुर्बाधारहरु लाई क्रमिक रुपमा अघि बढाउँदै लैजाने,कृषि उपजलाई संकलन गर्नका लागी बिभिन्न सँघसँस्थाहरु संग सहकार्य गरि सहकारी तथा तरकारी संकलन केन्द्रको स्थापना गरिने पनि उल्लेख छ ।


राजश्व संकलन गर्न सकिने क्षेत्रको पहिचान गरि करको दायरा बढाईने,जनताको कर जनतामै लगानी भन्ने मुल नारालाई आत्मसाथ गर्दै राजश्व संकलन कार्यलाई प्रत्यक वडा कार्यालयहरु बाट बिद्युतिय प्रणाली मार्फत संकलन गरिने पनि निति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन इन्धन,सवारी मर्मत,भत्ता खाजा र बिबिध प्रकृतिका खर्चमा कटौती गरिने,नगरबाट हुने भुक्तानी प्रकृयालाई सहज र प्रभावकारी बनाउन बिद्युतिय भुक्तानी प्रणालीलाई प्रयोगमा ल्याईने,नागरिकको शान्ती सुरक्षालाई थप प्रभावकारी बनाउन वडा नः १३ र १३ मा अस्थाई प्रहरी पोष्ट स्थापना गरिने,नगर प्रहरी भर्ना कार्यक्रमलाई तत्काल अघि बढाईने पनि कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख बोहराले समग्रमा सबै क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । निति तथा कार्यक्रममा उल्लेख गरिएका कार्यक्रमहरुलाई यसमै सिमित नराखी प्रभावकारी रुपमा कार्यान्वयन गर्न र यसै अनुसारको बजेट ल्याउन पनि सर्बसाधारणले आग्रह गरेका छन । आफ्नो पहिलो कार्यकालमा थुप्रै बिकासका कामहरु सम्पन्न भएको दाबि गर्नुभएको नगर प्रमुख बोहराले केहि नयाँ र पुरा गर्न बाँकि पुराना कामहरुलाई निरन्तरता दिईने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया